
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन्। गत वैशाख १४ मा नेपाली कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री बने पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।
यसअघि कांग्रेसबाट सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडा मात्रै मन्त्री बनेका थिए । सुक्रवार भएको मन्त्रिपरिषद बिस्तारमा सुशिला सिंखडा सामाजिक विकास तथा स्वास्थ्य र सरस्वती अर्याल तिवारी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसबाट महेन्द्रध्वज जिसी कृषि मन्त्री, दीपेन्द्र थापा उद्योग मन्त्री र जितप्रकाश आले आर्थिक मामिला मन्त्री भएका छन् । माओवादीबाट रेशमबहादुर जुग्जाली भौतिक मन्त्री भएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सपथ ग्रहणसमेत गराइसकेका छन्।











