105Shares

पोखरा, ४ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा महिला लक्षित कार्यक्रमहरु प्रभावकारी तरिकाले संचालन गर्न पालिका स्तरीय महिला संजाल समिति गठन गरिएको छ ।

महिला संजाल वडा नं.-३ का अध्यक्ष एवं पुर्व जनप्रतिनिधि कमला केसीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो, समितिको उपाध्यक्षमा वडा नं.-१० का अध्यक्ष रिता क्षत्री, कोषाध्यक्षमा वडा नं.-१ का अध्यक्ष हरि कुमारी खत्री र सदस्य सचिवमा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला कुवँर रहेका छन् भने सदस्यहरुमा अन्य वडाका अध्यक्षहरु हरिमाया अधिकारी, नारायणी केसी, भगवती केसी, लक्ष्मी देवकोटा, जयदेवी गुरुङ, मन्जु सुवेदी, जेनिसा परियार र विविमाया गुरुङ रहेका छन्, पालिकाले यस अघि नै कार्यपालिका बैठक बाट महिला संजाल गठन सम्बन्धि कार्यविधि पास गरि प्रत्येक वडाहरुमा वडा स्तरीय महिला संजाल समिति गठन गरिसकेको थियो ।

अन्नपूर्ण गाउँपालिकाले भौतिक पुर्वाधार विकास सँगै सामाजिक तथा मानव संसाधन सम्बन्धि विकासलाई प्राथमिकता दिदै महिला, दलित, जनजाती, युवा, अपांगता नागरिक सम्बन्धि सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै अगाडि बढाएको छ ।

नवनिर्वाचित पालिका स्तरीय महिला संजाल समितिलाई बधाई तथा शुभकामना दिदै गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसीले समिति गठनसँगै महिला लक्षित कार्यक्रम हिजोका दिनमा भन्दा प्रभावकारी तरिकाले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । महिला लक्षित सशक्तीकरणका कार्यक्रम महिला दिदिबहिनीहरुको आफ्नै कार्यक्रम भएकोले महिला दिदिबहिनीहरुकै चाहाना अनुसार कार्यनयन गर्दा अझ बढी प्रभावकारी हुने अपेक्षा सहित महिला संजाल गठन सम्बन्धि कार्यविधि बनाएर अगाडी बढेको बताउनुभयो । कार्यक्रमको संचालन गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख निर्मला कुवँरले गर्नुभएको थियो ।

105Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected