२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

‘तेस्रो अन्नपूर्ण म्याराथन-२०८०’ को तयारी अन्तिम चरणमा

पोखरा भ्यूज
पोखरा, ४ वैशाख । कोभिड-१९ का कारण रोकिएको अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो संस्करण हुनेभएको छ । अन्नपूर्ण आरोहण दिवसमा अवसरमा हरेक वर्ष जुन ३ तारिखमा कास्कीको घान्द्रुकमा हुने म्याराथन र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जानकारी दिएको छ । तेस्रो संस्करण म्याराथन र महोत्सव यही जेठ १७ देखि २० सम्म हुनेछ

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा हुन लागेको म्याराथन र महोत्सव विगत तीनवर्षदेखि रोकिएको थियो । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ०७४ सालदेखि अन्नपूर्ण आधारशिविरबाट सेन्चुरी पर्यटन महोत्सव आरम्भ गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको गरेपछि आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’का रुपमा मनाउने गरिएको छ ।

जेठ २० (जुन ३) मा अन्नपूर्ण आधारशिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा समापन हुने छ विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक ललित गुरुङले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न यस वर्षदेखि अल्टिमेट एडभेन्चर नेपालले सघाउने भएको छ । म्याराथनको सम्पूर्ण प्राविधिक सहयोग उक्त कम्पनीबाट प्राप्त हुनेछ । बिहिबार सम्ममा म्याराथनतर्फ ४ विदेशीसहित २५ जना धावकले नाम दर्ता गराएका छन् ।

त्यसै गरी महोत्सवमा जेठ १७ बाटै भलिबल, बास्केटबल, छेलो, रस्साकसी लगायत प्रतियोगितात्मक खेलकुद र विविध साँस्कृतिक कार्यक्रम गरिन लागिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिलेका अध्यक्ष विक्रम गुरुङले बताए ।
म्याराथनमा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । महिलातर्फ पहिलो हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ दिइने छ ।

त्यसै गरी महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथन पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद रु १ लाख ५० हजार, १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । त्यसै गरी महिलातर्फका विजेताले ७५ हजार, ५० हजार र २५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

महोत्सव सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । महोत्सवका लागि ५ सय १ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

 

 

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…