
पोखरा भ्यूज
८ असार, गोखरा। गोरखामा भएको जीप दुर्घटनामा परी पाँच जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना पुरुष र एक जना महिला रहेका छन् । जीपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेहरूको उद्दार गरी तनहुँको आबुखैरेनीमा उपचार थालिएको छ ।
बिहेको टीकाटालो गरी शहीद लगखन थापा गाउँपालिका ३ चिलिङकोटबाट ताक्लुङ फर्कदै फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप घुम्तीबाट २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार १९ जना सवार रहेको जीपमा २ यात्रु सकुशल रहेको प्रहरीले बताएको छ ।
यद्यपि रातिको घटना भएको र अहिले प्रहरी घटनास्थलमा पुग्दा ५ जनाको शव फेला परेको बताइएको छ । तर भेटिएका शवको पहिचान भएको छैन । घटना रातको १ बजेको घटेको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।











