302Shares

पोखरा भ्यूज

पोखरा । आफ्नी स्वर्गीय आमा केला कुमारी देवकोटा स्मृतिमा सञ्चालित दिने निशुल्क मुटुरोग परिक्षण शिविर सम्पन्न भएको छ  अन्नपूर्ण गाउँपालिका कास्की लुम्लेका स्थायी बासिन्दा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटाले पोखरा नागढुङ्गास्थित चरक मेमोरियल हस्पिटलमा मुटुका रोगीहरूको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए देवकोटा मनमोहन कार्डियो भास्कुलुर सेन्टर काठमाण्डौमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ हुन्

अध्ययनको शिलशिलामा इटली रहेको बेला लामो समयदेखिकी मुटुरोगी बिरामी उनकी आमा केला कुमारी देवकोटाको ८२ वर्षको उमेरमा निधन भएको थियो पढाई बिचमा छोड्नै नमिल्ने भएका कारणले उनी आमाको अन्तिम दाहसँस्कारमा समेत सहभागी हुन पाएका थिएनन् हालै आएर हिन्दु रिती रिवाज अनुसार किरिया कर्म गरेका देवकोटाले आमाकै स्मृतिमा निशुल्क मुटु परिक्षण शिवर चलाएका हुन्

शिविर सञ्चालन कै क्रममा उनले भने, सामान्य परिवारमा जन्मेको हुँ, आमाले निकै दुख गरेर पढाउनु भयो, आमाले सधै दुखी रोगीको सेवा गरेस् भन्नु हुन्थ्यो, त्यसैले आमाको आत्माले शान्ति पाओस् भनेरै शिवर सञ्चालन गरें

डाक्टर देवकोटाले समय परिस्थितले भ्याएसम्म आमाको स्मृतिमा हरेक वर्ष मुटुरोग परिक्षण शिविर सञ्चालन गरिरहने बताएका छन्

जेठ २७ गते देख़ि असार गतेसम्म सञ्चालित शिविर पोखरामा सामाजिक खेलकुद क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ नेपाल चरक मेमोरियल हस्पिटलको सहकार्य सहयोगमा सञ्चालन भएको थियो

दिनसम्म सञ्चालन भएको शिविरमा सय जना मुटु रोगीहरूको निशुल्क स्वास्थ्य परिक्षण गरिएको अस्पतालका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए

शिविर अवधिभर चरक मेमोरियल अस्पतालले सय ५० जनाको (ECG) इसिजी, सय जनाको इको(ECHO) पूर्ण रूपमा निशुल्क गरिएको अस्पतालका निर्देशक कपिल पोखरेलले जानकारी दिए

शिविरमा जना हृदयघात भएको बिरामीको इमरजेन्सी एन्जियो प्लास्टि सर्जरी (Primary Angio Plasty) र  जनाको कोरोनरी एन्जियोग्राफी ( CAG) सेवा विशेष छुट उपलब्ध गराइएको पोखरेलले जानकारी दिए । उनका अनुसार मुटु बाहेक अन्य परिक्षणमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो

302Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected