
पोखरा भ्यूज ।
काठमांडौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट भर बृहत सरसफाई तथा दीप प्रज्वलन गर्दै लायन बर्षको सुरूवात गरेको छ । बाग्मती स्थित सबै क्लबहरुको संयुक्त आयोजनामा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा काठमाडौँ स्वयम्भू मन्दिर परिसरमा बृहत सरसफाइ तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै पोखरा एरियामा पनि पोखरास्थित सम्पूर्ण क्लबहरूको संयुक्त आयोजनामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (साविकको गण्डकी अस्पताल) परिसरमा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यता बृहत सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी, पर्वतस्थित सम्पूर्ण क्लबको आयोजनामा राजमार्गमा लायन्सद्वारा गतबर्षमा रोपण गरिएका बिरुवाको गोडमेल सहित सरसफाई सम्पन्न गरिएको छ ।
दुवै ठाउँमा आयोजना गरिएको बृहत सरसफाइ कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडर, क्लब अध्यक्ष एवं पदाधिकारी, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।
लायन्सले बिशेष गरी वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।
उपस्थित लायन्सहरूले सर्भिस ज्याकेट र सरसफाईका लागि आवस्यक सामाग्री (ग्ल्बस, कुचो, हसिया, फोहोर राख्ने बोरा आदि समेत लिएर सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।
सर सफाई आयोजनाको लागि पोखरा क्षेत्रमा डिष्ट्रिक्ट को–अर्डिनेटर सुदिप राज ढुंगाना संयोजक र तिलक प्रसाद तिवारी सह–सयोजक साथै बाग्मती क्षेत्रका लागि मेनका लामाले संयोजन गरेका थिए ।













