6Shares

पोखरा भ्यूज
१६ असार, ललितपुर । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय समितिद्वारा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रम सकिएको छ । दुई दिनसम्म चलेको प्रशिक्षणमा देशभरका आदिवासी जनजातिका प्रतिनिधिहरुको सहभागिता रहेको समितिको अध्यक्ष ओमबहादुर घर्तिले जानकारी दिएका छन् । महासंघ नेपाली काँग्रेसको भ्रातृ संस्था हो ।

नेपाली काँग्रेसको पार्टी कार्यालय, सानेपामा दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सांगठानिक गतिविधिमा ओमबहादुर घर्ती, सुशासनका सम्बन्धमा छन्द पहाराई, आदिवासी जनजाति मुद्दा, आन्दोलन र कार्यदिशामा रेशम गुरुङ, नेपाली काँग्रेस र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधान र सम्बन्धमा रामजी कोङरेन, नेपाली आदिवासी जनजाति र अन्तर्राष्ट्रिय सम्बन्धमा जगतबहादुर बराम लगायतले प्रशिक्षण दिएका थिए ।

त्यस्तै प्रशिक्षण कार्यक्रमको दोस्रो दिनमा आदिवासी जनजाति र राष्ट्रियताका बारेमा प्रा.डा. कुसुमाकर न्यौपाने, संघीयता, आदिवासी जनजातिको मुद्दा, चुनौति र नेपाली काँग्रेसका विषयमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, संविधानको मूलभूत व्यवस्था, आदिवासी जनजाति र नेपाली काँग्रेसका बारेमा प्रा.डा. कृष्ण हाछेथु र नेपाली काँग्रेसको नीति, सिद्धान्त, गतिविधि र कार्यदिशाका बारेमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतले प्रशिक्षण दिएका थिए ।
यसअघि नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected