२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गण्डकी यातायातमा अनलाईन भुक्तानी सुरुवात

पोखरा भ्यूज
पोखरा । सबैभन्दा अव्यवस्थित र गुनासो आउने यातायात कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि अनलाईन भुक्तानीको सुरुवात गरिएको छ । संघ सरकार र गण्डकी सरकारले बुधबार संयुक्त रुपमा पोखराबाट सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानीको सुभारम्भ गरेको हो । विचौलियाको विगविगिको अन्त्य गर्नुका साथै नागरिकलाई लाइन बस्ने झन्झट्बाट मुक्त गराउनका लागि गण्डकीबाट अनलाई भुक्तानीको सुरुवात गरेको गण्डकीका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासमेत भर्चुवल विधिबाट जोडिदै उक्त सेवाको सुभारम्भ गर्नुभएको हो । संघीय सरकारले सुरु गर्न लागेको अनलाईन भुक्तानीको पहिलो प्रयोग गण्डकीबाट भएको हो । आगामी दिनमा यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण भुक्तानी प्रक्रियालाई अनलाइन प्रणालीबाट हुने व्यवस्था गर्ने मन्त्रालयको योजना छ । एक महिनाभित्र सबै प्रदेशमा उक्त सेवा विस्तार गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । ‘बिचौलियाको अन्त्य गर्ने, यातायात कार्यालयमा पैसा तिर्नका लागि बस्ने मानिसको लाइन हटाउनका लागि गण्डकी प्रदेशले सुरुवात गरेका छौं । त्यसमा हामी भिडभाड कम गर्न र लाइन कम गर्न सेवा प्रवाह ८ बजेदेखिनै सुरु गरेका छौं’ उहाँले भन्नुभयो, ‘सवारीको ट्रायल दिने काम, नविकरण गर्ने काम बिहानै देखि सुरुआत गरेका छौं । अहिले भिडभाड हटेको छ ।’
मन्त्री जुग्जालीले राइट शेयरिङ विषयमा समस्या हल गर्न संघ मन्त्रीसँग माग गर्नुभयो । ‘अब अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएपछि झनै सहज हुनेछ । केही कानुनी जटिलता र ऐनको समस्याहरु त मन्त्री ज्युले राखिसक्नुभएको छ । यसलाई चाडै समाधान गरिदिएमा हामीलाई सहज हुनेथियो’ उहाँले थप्नुभयो, ‘गण्डकी प्रदेश र पोखरामा राइट शेयरिङ विषयमा समस्या छ । छिट्टै नियमावली बनाएर पठाइदिए प्रभावकारी ढंगबाट लागु गर्न सकिन्छ जस्तो लाग्छ ।’ यस्तै यातायात कार्यालयले सवारी चालक अनुमति पत्र फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था गरेपनि अझै सर्वसाधारणको पहुँचसम्म पुगेको छैन् । अनलाइन मार्फत भरिने उक्त फारममा पनि विचौलियाकै विगविगि रहेको छ । राज्यले उक्त विषयमा निगरानी गर्न नसक्दा सर्वसाधारणको पहुँचबाट टाढा छ । यातायात क्षेत्रमा देखिएका समस्यालाई तत्कालै हल गरेर जानुपर्ने उहाँको जोड थियो । उहाँले यातायात सम्बन्धि नियम कानूनमा समस्या रहेको र त्यसको समाधान अत्यावश्यक रहेको सुनाउनेभयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…