२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

प्रेस युनियनको दबाबपछि सूचना विभागले खारेज गर्‍यो सूचना

काठमाडौँ– सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८०/०८१ का लागि दरबन्दी तथा श्रमजीवी विवरण पठाउने सम्बन्धी यसअघि ल्याएको सूचना रद्द् गरेको छ।

साना लगानीमा सञ्चालन भइरहेका मिडियालाई मार पर्ने गरी सूचना जारी भएको भन्दै यसलाई सच्याउन नेपाल प्रेस युनिनयले सम्बन्धित अधिकारीहरूलाई दबाब दिएपछि  उक्त सूचना खारेज भएको हो।

विभागले सार्वजनिक गरेको सूचनाको ४ नम्बर बुँदामा यसअघि- ५ जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई यसअगाडि तलबी विवरण नचाहिने व्यवस्था भए पनि अबदेखि एकपटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क भौचर राख्नुपर्ने भनेको भनेपछि विरोध भएको हो।

आज बुधबार नेपाल प्रेस युनिनयका अध्यक्ष शिव लम्साल नेतृत्वमा, महासचिव दीलिप पौडेलसहितको टोलीले सूचना विभागका महानिर्देशक तथा प्रेस रजिष्टार शंकर नेपालसँग छलफल गरेको थियो। ‘महानिर्देशकसँग युनियनको नेतृत्वले सूचना विभागको सूचनमा नै श्रमजीवी पत्रकारहरूविरुद्ध भयो यसलाई सच्याउन पर्‍यो भनेर छलफल गर्‍यो,’ युनियनका उपाध्यक्ष जीवन भण्डारीले भने, ‘यो रद्द गरेर पुरानै (गत वर्षकै)कायम गर्न हामीले दबाब दियौँ। उहाँले त्यसलाई स्वीकार गर्दै अहिलेको सूचना रद्द गर्दै पुरानै कायम रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।’

सूचना विभागका अनुसार महानिर्देशक नेपालले सम्बन्धित शाखाका उक्त सूचना रद्द गर्न पनि निर्देशन दिइसकेका छ ।

 विभागको सूचना 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…