
पोखरा भ्यूज
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज काठमाडौंमा हुँदैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे शुरु हुने भेला भोलिसम्म चल्ने छ ।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।भेलामा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिसमेतका विषयमा छलफल हुने छ ।
जिल्ला सभापतिहरूले जिल्लागत रुपमा क्रियाशील सदस्यको अवस्थाबारे जानकारी गराउने र त्यसमाथि छलफल हुने गरी भेलाको तय गरिएको छ ।











