आफूले योगदान नगर्ने र अरुलाई योगदान दिन अनुरोध गर्नुले कुशल नेता बन्न सकिँदैन : गभर्नर के. सी.
- July 8, 2023
- 3933

पोखरा भ्यूज
असार २३, पोखरा । लायन्स इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले आफूले योगदान नगर्ने तर अरुलाई योगदान दिन अनुरोध गर्नुले मात्र कुशल नेता बन्न नसकिने बताउनुभएको छ ।

लायन बर्ष २०२३/२४ का डिष्ट्रिक्ट गभर्नर केसीले गण्डकी क्षेत्रका सिनियर लायन लिडरहरूलाई डिष्ट्रिक्ट डाईरेक्टरी एवं पिन वितरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
केसीले “लिड बाई एग्जाम्पल” आफू उदाहरणीय नेता बन्दै अरुलाई नेतृत्वका लागि उत्प्रेरित गरी आफ्नो व्यक्तिगत क्षमता विकासमा मेहनत गर्न जोड दिनु भयो । उहाँले लायन्स लिडरहरूलाई नेतृत्वका लागि अभिप्रेरित गर्दै निर्णयका लागि जोखिम लिदै संस्थाको उद्देश्य, मूल्य र मान्यतामा स्पष्ट भई आवश्यकता पहिचान गरी आफुले गरेका हरेक बाचाहरू पुरा गर्न सक्रिय हुदै निर्णय क्षमताको विकास सँगसँगै पारदर्शी बनि आफूले प्राप्त गरेको उपलब्धिबाट अरुलाई पनि प्रेरित गर्न आग्रह गर्नु भयो ।
जुलाई १ मा काठमांडौमा डिष्ट्रिक्ट गभर्नर पदको पद ग्रहण गरे पश्चात पहिलो पटक पोखरामा औंपचारिक कार्यक्रममा सहभागिता जनाउनु भएका गभर्नर केसीले लायनहरुको नयाँ बर्ष (कार्यकाल) भर्खरमात्र शुरु भएको छ, हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले बनाउनु भएको आधार स्तम्भमा टेकेर डिष्ट्रिक्टलाई थप उचाईमा पुर्याउने प्रणका साथ हामीले कार्यकाल शुरु गरेका छौं, सबैको साथ सहयोगको अपेक्षा गरेको केसीको भनाई रहेको थियो ।
केसीले आफ्नो कार्यकालको थिम नेतृत्वका लागि उत्प्रेरित गरौ “इन्सपाएर टु लिड” को नारा अन्तर्गत रहेर लायन बर्ष सफल बनाउन आफू उत्प्रेरित हुँदै सबैलाई उत्प्रेरणा प्रदान गर्न आग्रह गर्नु भयो ।
उहाँले सङ्गठन बलियो बनाउन, योगदानका लागि उत्प्रेरित, तालिम, प्रशिक्षण आदि आयोजना, फेलोसिपका कार्यक्रमहरु आयोजना गरी नैतिक जिम्मेवार बन्न र सेवाका कामका लागि उत्प्रेरित गर्न लायन्स लिडरहरूलाई आग्रह गर्नु भएको छ ।
स्मरण रहोस, लायन्सको आफ्नै बिधि बिधान अनुसार जुलाई १ लाई लायन बर्षको सुरूवातको दिन र जुन ३०लाई कार्यकालको अन्तिम दिनको रूपमा लिने परम्परा छ ।
कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी महेश पाण्डे लगाएत डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो ।







सम्बन्धित खवर
















