28Shares

पोखरा भ्यूज

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले बिहीबार अपरान्ह सार्वजनिक गरेको हो।

अध्यक्ष महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको छ।

२०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्तांक हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्तांक हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्तांक हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ। साथै ६० देखि ७० भन्दा कम प्राप्तांक हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्तांक हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्तांक हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्तांक हुनेलाई डी प्लस, २० देखि ३० प्राप्तांक हुनेलाई डी तथा २० भन्दा कम प्राप्तांक हुनेलाई ई ग्रेड प्रदान गरिन्छ।

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected