२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

नेपाल वितरक महासंघले अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

पोखरा भ्यूज

काठमांडौ । नेपाल वितरक महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरी ध्यानाकर्षण गराएको छ । सोमवार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष हरिराज पन्तले भन्सारविभागबाट प्रकाशित सूचना वमोजिम लेवल लगाउने सम्बन्धि व्यवस्थाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अर्थमन्त्री महतलाई महासंघका अध्यक्ष पन्तसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउदै महासंघले अहिले नै तेस्रो मुलुकबाट आयातित उपभोग्य वस्तुका कार्टुन खोली बितरकको पुर्ण बिबरण उल्लेखहुने गरी नाम ठेगाना ईमेल र एन्जिम रोड लगाएतका लेवल राख्न नसकिने जनाएको छ । महासचिव राज कुमार श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल देशको व्यवसायिक अवस्था र आर्थिक व्यायभारले वितरक व्यवसायीहरू धराशायी अवस्थाबाट गुज्रिरहेको उल्लेख छ ।  

ध्यानाकर्षण पत्रमा लेखिएको छ, “भन्सार सम्बन्धि ऐनको अनुसूची १ को दफा १८ को उपदफा ४ मा भएकोभएता पनि अहिले यस्तो कठिन वर्तमान परिस्थितिमा तेस्रो मुलुकबाट आयातित उपभोग्य वस्तुहरूमा कार्टुनखोली बितरकको पुर्ण बिबरण उल्लेख हुने गरी नाम ठेगाना ईमेल र एन्जिम रोड लगाएतका राख्नु पर्ने भन्नेसूचना आएको परिपेक्षमा ठूलो लगानी न्यून मुनाफामा कार्य गर्ने हामी वितरक व्यवसायीहरूको लागत वृद्धि हुनेर हामी वितरक व्यवसायीहरू अझै यो कठिन अवस्थामा अरु आर्थिक व्याय भारले थिचिने छौ या मूल्य वृद्धिकोमारमा आम उपभोक्तहरू पर्ने हुन भन्ने चिन्ता नेपाल वितरक महासंघलाई छ ।” 

महासंघले ठूलो लगानी र न्यून मुनाफामा लेवल राख्ने कार्य गर्दा वितरक व्यवसायीहरूको लागत वृद्धि हुने रयसले सिधै मूल्य वृद्धिको मारमा आम उपभोक्तहरू पर्ने जनाएको छ । 

भन्सार विभागको उक्त नियम पालना गर्नेबारे नेपाल वितरक महासंघले सम्पुर्ण जिल्ला वितरक संघहरूसँग सल्लाह गरेको र बितरक व्यवसायीहरूलाई जायज नरहेको निष्कर्ष निकालेको जनाएको छ । 

महासंघले हाललाई यस्तो अव्यवाहारिक नियम खारेज वा स्थगन गरि व्यवसायीहरूलाई व्यवसाय गर्नेवातावरण प्रदान गर्न समेत आग्रह गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…