२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पहिलो चार्टर प्राप्त ईन्फरमेशन टेक्नोलोजीका सदस्यलाई लायन्स सम्बन्धि अभिमुखिकरण

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ को पहिलो चार्टर प्राप्त क्लब लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीका सदस्यहरूलाई लायनवाद सम्बन्धि अभिमुखिकरण गराईएको छ ।ईन्जिनियरहरू मात्र आवद्व रहेको क्लब ईन्फरमेशन टेक्नोलोजी लायन्स क्लव अफ पोखरा अभियानको स्पोन्सरमा गठन भएको हो ।

शनिवार पोखरामा आयोजना गरिएको एक दिने अभिमुखिकरणमा डिष्ट्रिक्ट ३२५आई नेपालका ईन्सिच्युट एण्ड ओरेन्टेशन डिष्ट्रिक्ट को–अर्डिनेटर युवराज खनालले फन्डामेन्टल अफ लाइनिजम र अन्य लायन्स सम्बन्धि बिबिध विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं जोन १८ का जोन चेयरपर्सन कृष्ण लम्सालले भर्खर चार्टर क्लवका सदस्यहरुलाई लायन्स बारे जानकारी गराउन र लायन्सका गतिबिधिमा अझै बढी क्रियाशिल बनाउनको लागि जानकारीमुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
पोखरा अभियानका अध्यक्ष मातृकाप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीका संस्थापक अध्यक्ष ई. सनरोज गुरूङले लायन्सको महासागरमा सँगसँगैहातेमालो गर्न आफ्नो पेशा समूहमा रहेका साथीहरूको साथ लिई अगाडी बढ़ेको भनाई राख्नु भयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…