
पोखरा भ्यूज
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत पोखरा क्षेत्रमा क्रियाशिल विभिन्न २१ वटा लायन्स क्लबका बर्ष २०२३/२४का क्लब पदाधिकारीहरूको पदस्थापन भएको छ । साउन १६ गते देख़ि सुरु भएको पदस्थापन २० गतेसम्म विभिन्न सात वटा जोन अन्तर्गतका २१ वटा क्लबको संयुक्त पदस्थापन, ८ वटा नयाँ क्लब र २ वटा लियो क्लबको उद्घाटन गरिएको क्यविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिनु भयो ।

शनिवार बेलुका मात्र पोखरा क्षेत्रमा क्रियाशिल ३ वटा लायन्स क्लब अफ पोखरा डल्फ़िन, पोखरा न्यू भिजन र गृहलक्ष्मीको संयुक्त पदस्थापन सम्पन्न भएको छ । प्रमुख अतिथि एवं पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले ३ वटै क्लबका पदाधिकारीलाई सामुहिक सपथ ग्रहण गराउनुभएको हो । सो अवसरमा गभर्नर केसीले पोखरा डल्फ़िनको स्पोन्सरमा गठित नयाँ क्लब पोखरा ग्लोरीको उद्घाटन समेत गर्नु भएको छ ।
सपथ ग्रहण समारोहमा वोल्दै गर्भनर केसीले ‘इन्सपाएर टु लिड’ भन्ने मुल नारा लिएर समाजमा क्रियाशिल हुन सबै क्लब पदाधिकारीलाई आग्रह गर्नुभयो । लायन्सबाट समाजले घेरै कामको अपेक्षा गरेको हुन्छ, यसको महत्वपूर्ण जिम्मेवारी सम्झेर पुरा गर्न सबै पदाधिकारीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्षहरु ड़ल्फ़िनका शान्ता बहादुर लामिछाने, न्यू भिजनका चन्द्र प्रसाद पाण्डे र गृहलक्ष्मीका रेनुका गिरी द्वारा आफ्नो कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरिएको थियो भने पदस्थापित अध्यक्षहरू डल्फ़िनका रेवती भण्डारी, न्यू भिजनका लक्ष्मण सुनार र गृहलक्ष्मीका सारदा पोखरेलले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकाल विगतका वर्षहरु भन्दा उत्कृष्ठ वनाएर लायन्सको गरिमा उच्च वनाउने प्रतिवद्धता आएको थियो ।
कार्यक्रममा आईपिड़िजी राम बसेल, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढ़ुङगाना र पार्वती खरेल पाण्डे, क्याविनेट सेक्रेटरी महेश पाण्डे, ट्रेजरर सन्तोष रावल, चिफ एडभाईजर सूर्यकुमार केसीलगाएतद्वारा लायन्सले समाजमा रचनात्मक भूमिका निर्वाह सँगसँगै मानविय सेवामा समेत क्रियाशिल हुदै दैविप्रकोप जस्ता विपतमा विगतमा जस्तै काम गर्न अध्यक्ष लगाएत पदाधिकारीहरुलाई सुझाव दिईएको थियो ।
कार्यक्रमलाई रौनक़ बनाउन पोखरेली धर्मुस र माग्ने बुढ़ाले सन्देश मूलक हास्यब्यंग प्रस्तुत गरेका थिए ।







सम्बन्धित खवर
















