२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

महानगरका विधालय तीन दिन बन्द

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिका भित्र संचालित विधालय तीन दिन बन्द हुने भएका छन् । मंगलवार महानगरपालिकाले एक बिज्ञप्ती जारी गरी हाल पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा मानिसमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको हुदाँ संक्रमणको चक्रलाई रोक्नका लागि तीन दिन विधालय बन्द गर्ने निर्णय गरेको हो ।

बिज्ञप्तीमा जनाईए अनुसार आँखा पाक्ने रोगको प्रभाव विभिन्न विद्यालयहरूमासमेत परिरहेको साथै आँखापाक्ने रोग आफैमा संक्रमित रोग भएकाले संक्रमणको चक्रलाई रोक्नको लागि पोखरा महानगरपालिकाको सोमवार महानगरपालिका प्रमुखको संयोजकत्कमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार पोखरामहानगरपलिका अन्तरगतका सम्पूर्ण सामुदायिक संस्थागत र मन्टेसरी स्कूलहरूसमेत वर्षे / हिउँदे /स्थानीयविदाबाट कट्टा हुने गरी ३ दिन विदा दिने निर्णय भएकोले सोही अनुरूप विद्यालय बन्द गर्नु हुन सरोकारवाला सवैमा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

साथै, सवै विद्यार्थीहरूलाई घरमा सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई पनि संक्रमणबाट बच्ने सूचनामूलक सन्देश संप्रेषण गर्नु हुने समेत अनुरोध गरिएको छ ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…