२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026
खबर

महानगरद्वारा निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिका र मणिपाल शिक्षण अस्पताल फूलबारी तथा चरक मेमोरियल हस्पिटल नागढुंगा बिच निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको छ । महानगरका प्रमुख धनराज आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल बिच सो समझदारी भएको हो ।

मुलुकका विभिन्न भागहरूमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको प्रमुख आचार्यले बताउनुभयो । भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगसँग सम्बन्धित बिरामीहरूले यसको लाभ लिन सक्ने उहाँले बताउनुभयो ।

व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीहरूको सहजताका लागि सो समझदारी गरिएको निर्देशकद्धय पौडेल र पोखरेलले बताउनुभयो । उहाँहरूका अनुसार श्रावण २४ गते बुधवारदेखि मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधी समेत वितरण गरिने छ । बिरामीहरूलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीहरूका लागि निःशुल्क टिकटको व्यवस्था गरिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.इलिया श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पोखरा महानगरपालिकाले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रवारसम्म आफ्नो मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालयहरू सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो ।

Read more

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…