
पोखरा भ्यूज
पोखरा, २६ साउन । कस्केली अधिकृत समाजले विभिन्न क्षेत्रमा योगदान पुर्र्याएकाको भन्दै समाजका सल्लाहकार एवम् सदस्यलाई सम्मान गरेको छ ।
समाजको विहिबार आयोजित पूर्ण बैठकका अवसरमा समाजका पूर्व अध्यक्ष एवम् सल्लाहकार दुर्गा बहादुर शाह(बाबा) लाई हालै अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टर अमेरिका र अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरबाट अमेरिकामा सम्मानित बन्नुभएको भनी सम्मान गरिएको हो । शाह अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
समाजका सल्लाहकार देबेन्द्र केसीलाई दोषी नजर गिती एल्बम र अव्यक्त पीडा मुक्तक संग्रह तयार गरी बजारमा ल्याउनुभएको भन्दै सम्मान गरिएको छ । केसीको दुई कृति हालै पोखरा उद्योग वाणिज्य संघमा संगीतकार शक्तिबल्लभ श्रेष्ठको प्रमुख आतिथ्यता र साहित्यकार सरुभक्तको विशेष आतिथ्यतामा लोकार्पण गरिएको थियो ।
समाजका सदस्य अनिलकुमार शाही प्रशासनिक सेवाका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हालै कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी पदबाट सेवा निबृत्त हुनुभएको भन्दै सम्मान गरिएको छ । उहाँले प्रशासनिक क्षेत्रमा पुर्र्याएको योगदानको कदर सहित सेवा निबृत्त जीवनको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्मान गरिएको हो ।
समाजका सदस्य चन्द्रवती वाग्ललेलाई नयाँ तीज गीत एल्बमहरू कृषिप्रधान देश र फेरी पनि आयो तीज मन रुवाउन बजारमा ल्याउनुभएको भन्दै सम्मान गरिएको छ । उहाँले यस अघि पनि वर्षेनी तीज गीत एल्बमहरू ल्याउनुभएको छ ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष लोकनाथ दवाडीले स्वागत एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको थियो । बैठकमा सल्लाहकारहरू दुर्गाबहादुर शाह(बाबा), देबेन्द्र केसी, विष्णुप्रसाद बराल, प्रेमप्रसाद गौतम, ऋषिराम लामिछाने, शिवहरि शर्मा, कार्यसमितिका पदाधिकारी एवम् सदस्यले विभिन्न सुझाव व्यक्त गर्नुभएको थियो ।
बैठकमा समाजको कार्यालय भवन व्यवस्थापन, लेखा परीक्षक नियुक्ति लगायतमा छलफल भई केही महत्वपूणर् निणर्य गरिएको सचिव पौडेलले जानकारी दिनुभयो ।
सामाजिक सेवा लगायतका क्षेत्रमा कृयाशिल समाज २०६२ सालमा स्थापना गरिएको समाजमा ४२५ भन्दा बढी आजीवन सदस्य छन् ।











