5Shares

काठमांडौ । दशौं भारतनेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक बुध काठमाडौंमा सम्पन्न भएको

बैठकमा भारतीय विदेश मन्त्रालयका सहसचिव . अजय कुमारले भारतीय राजदूतावासका तर्फबाटअर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको तर्फबाट र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए  नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको पनि सहभागिता रहेको भारतीय राजदुतावास मार्फ़त जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भारतनेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गर्दै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकले समीक्षा गरेको थियो

बैठकका लागि नेपाल आएको भारतीय टोलीले श्रावण २४ २६ गते भारत सरकारको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गरेको थियो

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर ७५ करोड अमेरिकी डलर गरी जम्मा .६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ  लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरेको यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना (११०५ किमिसम्पन्न), वटा जलविद्युत तथा प्रसारण लाइन विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको प्रेस नोटमा उल्लेख 

यिनै परियोजना मार्फ़त कोशी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबरभित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत प्रसारण पूर्वाधारलाई बिस्तार गर्न मद्दत गरेको भेरी कोरिडोर, निजगढइनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन यी प्रसारणलाइनका सब-स्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected