२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

जन्मदिनमा मानव आश्रममा भोजन

पोखरा भ्यूज

पोखरा, ६ भदौ । जन्मदिनका अवसरमा पोखरा महानगरपालिका–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा भोजन दान गरिएकोछ । लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाका सुपुत्री सोनाक्षी ढुङगानाको जन्मदिनको अवसर पारेर भोजन दान गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा बर्ष १० की पोखराको फिस्टेल एकेडेमी कक्षा ५ मा अध्ययनरत सोनाक्षीको जन्मदिनमा उनका बाबा/आमाद्वारा मानवसेवा आश्रमका ७५ जना जति असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गरिएको थियो ।

वडाध्यक्ष योगीले जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएकोमा धन्यवाद दिदै सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएकी थिईन् ।

“जहाँ आवश्यकता त्यहाँ लायन्स” को भावना अनुरूप जो भोकै छन उनीहरूलाई खाना खुवाउनु भन्दा पुनित कार्य अरु हुन नसक्ने डिष्ट्रिक्ट ३२५ आई नेपालका हंगर रिलिफ डिष्ट्रिक्ट चिफ दिलीप कुमार श्रेष्ठ भनाई रहेको थियो ।

सोनाक्षीले आफ़नो जन्मदिन मानव सेवा आश्रममा मनाई वृद्ध बा आमालाई खाना खुवाउन पाँएकोमा ख़ुशी व्यक्त गर्दै यस्को ब्यावस्थापन मिलाउनु हुने लायन्स क्लब अफ पोखरा पिस सिटी परिवारप्रति आभार व्यक्त गरिन ।

छोरीको जन्मदिनमा मानव सेवा आश्रममा वृद्ध बा आमालाई भोजन गराउन पाएकोमा मनको आनन्द मिलेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर समेत रहेका सुदीपराज ढुङगानाले बताए । छोरीको आग्रहमा नै आफुले मानव सेवा आश्रम रोजेको आमा सुजाता आचार्य ढुङगानाको भनाई छ ।

क्लबका द्वित्तिय उपाध्यक्ष ज्ञानेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट काउन्सिलर अर्जुन सिग्देल, पूर्वअध्यक्ष एवं सिनियर एडभाईजर जिवन ढुङगाना, जोन ६ का जोन चेयरपर्सन सान्तावना पराजुली, क्लबका सचिव रबिकुमार श्रेष्ठ, कोषाध्यक्ष तिर्थराज सुवेदी, मानवसेवा आश्रमका अभियन्ता सम्झना बर्तौला पदाधिकारी लगाएतले यस पुनीत कार्यको प्रशंसा गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…