
पोखरा भ्यूज
पोखरा, ५ भदौ । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेसपाएपछि उनीहरुको मुहारमा खुशियाली छाएको हो ।
सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीले विद्यालयमा अध्ययनरत २४ जना समाजका विपन्न एवम् असहाय विद्यार्थीलाई पोषाक वितरण गरेको क्लवका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक सिता काफ्ले भण्डारीले जानकारी दिएकी छन् ।
“साथीहरु विद्यालय पोषाकमा आएको टुलुटुलु हेर्न बाध्ये उनीहरु पोषाककै अभावमा कतिपय शैक्षिक एवं अतिरिक्त कृयाकलापमा समेत सहभागि बन्नबाट बञ्चित थिए” उनले भनिन्,“विद्यार्थीको मनोवल उच्च बनाउन संस्थामा आवद्ध सदस्यबाट संकलन गरिएको ३१ हजार ६८० रुपैया बरावरका टिसर्ट र ट्रयाक सुट वितरण गरिएको हो ।”
कार्यक्रमको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक चियरपर्सन विष्णुप्रसाद सुवेदीले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचौ औल्याए ।
नेपाल सरकार, विभिन्न संघसंस्था एवम् शिक्षाप्रेमीहरुको सामुहिक प्रयासवाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़दै गएको बताउँदै उहाँले सरकारले शिक्षा, स्वास्थ्य निशुल्क गर्नुपर्ने आवश्यकता औल्याए ।
क्लवका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ वडा सदस्य शिवराम भण्डारी, रिजन चेयरपर्सन भोजराज बराल, विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, गिता पराजुली, क्लवका सचिव अमृता अधिकारी लगायले शिक्षाको महत्व र आवश्यकता माथि चर्चा गर्नु भएको थियो ।
महिला मात्र सदस्य रहेको उक्त क्लवले यसअघि पोखरा १७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा १५ हजार बरावरको एक छाक खाना सहयोग गर्नुका साथै सितापाईला ढुङ्गेसाघु आमा समुहको हातामा विभिन्न जातका ११ हजार फुलका विरुवा रोपेको कार्यक्रममा जानकारी गराइएको थियो ।







सम्बन्धित खवर
















