93Shares

पोखरा भ्यूज

पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले विविध कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको मनाएको

सेप्टेम्बर , २०१५ मा स्थापना भएको क्लब आदर्श चौतारीले शुक्रबार पोखरा१७ ड्यामसाइड निवासी प्लारालाईसिसबाट पिडित नन्दु कुमारी रानाभाटलाई ह्वील चियर प्रदान गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

त्यस्तै, क्लबमा बर्ष २२/२३ मा उत्कृष्ट कार्य गरेका क्लबका सदस्यहरूलाई सम्मान, २०७९ को एसईई र ८०सालको प्लस टु उत्तीर्ण क्लब सदस्यहरुका छोराछोरीहरूलाई समेत सम्मान गरेको थियो । उनिहरूलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका निबर्तमान डिष्ट्रिक्ट गभर्नर रामबसेलले सम्मान गरेका थिए

प्रमुख अतिथि निबर्तमान डिष्ट्रिक्ट गभर्नर बसेलले आदर्श चौतारीले गरेका सामाजिक कार्य डिष्ट्रिक्ट मै अब्बल रहेको कुरा व्यक्त गरे लायन्सको अन्तर्राष्ट्रियको सहयोगबाट निर्माण हुन गईरहेको पोखरा१२ को शितलादेवी सामुदायिक बिधालयमा बन्न लागेको भबनमा क्लबले सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेकोमा क्लब परिवारलाई बसेलले धन्यवाद व्यक्त गरेका थिए

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगाना, डिष्ट्रिक्टका सल्लाहकार एवं प्रतिनिधि सभा सदस्य शिब नेपाली, डिष्ट्रिक्ट कोअर्डिनेटर शान्ता थापा, एक्स्टेशन चियरपर्सन कमल बस्नेत, पूर्व अध्यक्ष दयाशकर गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

क्लबका अध्यक्ष दामोदर आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष बासुदेव कोइराला, कार्यक्रम सयोजक रुक बहादुर गुरुङ सचीव दिपकप्रसाद घिमिरेले क्लबका गतिबिधि बारे प्रकाश पारेका थिए

93Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected