२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

तीन वर्षपछि भात खानकै लागि चन्दा नउठाउने विप्लवको घोषणा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का महासचिव विप्लवले नेपालका राजनीतिक पार्टीहरु आर्थिक दृष्टिकोण बनाउन चुकेको जिकिर गरेका छन् । उनले स्वतन्त्रता र समानता चाहियो भन्ने भाष्यमा रस नहुनुमा आर्थिक मुद्दा नजोडिनु नै रहेको जिकिर गरे ।

पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रियाा बोल्दै उनले पार्टीका नेताहरु घुम्दै गएर भ्रष्टाचारा किन मुछिए र गोलीको ताँतीमा हिँडेको मान्छे तस्करीमा लाग्ने अवस्था किन भयो भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने धारणा पनि राखे । आफैंले उत्तर दिँदै उनले उत्पादनसँग नजोडिनु र बिटाका बिटा पैसा दिन खोज्ने व्यवसायीका कारण यो स्थिति आएको बताए ।
‘यहाँ व्यवसायीहरुमा पनि खुवाउने र सिध्याउने भन्ने छ, मन्त्रीलाई भेटेर बिटाका बिटा दिने गरेकै हो, हिजो म माओवादीमा हुँदा पनि तपाईं ( व्यापारी)हरुले दिएकै हो त,’ उनले भने,‘तपाईंहरुको व्यक्तिलाई दिन चाहनुहुन्छ,हामीले त्यो बेला अलिकता संस्थागत (चन्दा) गरौं भन्ने चाहेको हो ।’उनले व्यक्तिलाई दिएको चन्दा पारदर्शी नहुने र पार्टीसम्म नआइपुग्ने संकेत पनि गरे ।
कृषि र औद्योगिक अर्थतन्त्रलाई सँगै लैजाने पार्टीको नीति भएको बताउँदै उनले आउँदो तीन वर्षपछि नेकपाले खानकै लागि कसैसँग चन्दा नमाग्ने उद्घोष पनि गरे । उनले अहिलेदेखि नै पार्टीका कार्यकर्तालाई उत्पादनसँग जोडिएको पनि बताए । जग्गा भाडामा लिएर सामूहिक खेती गरिएको र आउँदा दिनमा यस्तो क्रियाकलापलाई बढावा दिने उनको भनाइ थियो ।
‘तीन वर्षमा पार्टीलाई चन्दा माग्न बन्द गर्छौं,यो राजनीतिको दुरुपयोग हो । भातको लागि चन्दा हुँदैन । घर–व्यवहार चलाउन चन्दा उठाउने प्रवृत्ति रोक्न चाहन्छौं,’ उनले भने । ठूलो क्रान्त्रि गर्नुपरेमा भने परिस्थिति फरक हुने उनको भनाइ थियो ।
अर्को प्रसंगमा उनले मन्त्री खानको लागि समाजवादी मोर्चामा उभिएको भनाइको खण्डन गरे । चाहेको भए माओवादी एक हुँदा नै हाल नेकपामा रहेका नेताहरु मन्त्री बन्ने अवस्था रहेको बताउँदै उनले भने,‘हामी जत्तिकालाई मन्त्री पद इजी थियो,मन्त्री हुन चाहेको भए जहिले पनि छ, हिजो केपी ओलीसँग तीन बुँदे सहमति गर्दा पनि थियो, बाबुराम (भट्टराई) प्रधानमन्त्री हुँदा झन थियो, त्यो (बाबुरामलाई प्रधानमन्त्री) हामीले नै बनाएको हो । धोवीघाट थियो नि । हामीसँग १०६ जना केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यहाँ हाम्रो भागमा ५÷६ मन्त्री पथ्र्यो ।’ यद्यपि उनले मन्त्री र प्रधानमन्त्रीको चाहना राखेको भने लुकाएनन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेकपाको आर्थिक नीति कस्तो हो भन्ने प्रष्ट पार्न महासचिव विप्लवसँग आग्रह गरेका थिए ।
नेकपाका गतिविधिसँग निजी क्षेत्र तथा नेपालका मध्यमवर्गीय परिवारको कौतुहलता,संशय र गुनासाहरु रहेको बताउँदै उनले सत्तामा नगएका विप्लवसँग जनताले आशा भने गरेको बताए ।
२०६२/०६३ को परिवर्तनपछि करिब १३–१४ वर्ष वामपन्थी पार्टीले सरकारको नेतृत्व गरेका छन् तर वामपन्थीहरुको शासनकालमा पनि जनताले तात्विक भिन्नता र परिवर्तन महसुस गर्न पाएनन्,’मुल्मीले प्रश्न गरे,‘के वामपन्थीहरु एउटा कुरा बोल्ने र काम अर्को गर्ने शक्ति हुन् र ? किन संक्रमणकाल टुंग्याउनेतर्फ उनीहरु उदासिन छन् ?’
उनले गरिबीको रेखामुनि रहेका ९ प्रतिशत जनतालाई केन्द्रमा राख्दै करिब ७१ प्रतिशत मध्यमवर्गीय परिवारप्रति ध्यान दिन नसक्ने हो भने अर्थतन्त्रमा सुधार नहुने पनि बताए । भ्रष्टाचार र कालोधनले देशको अर्थतन्त्र धराशायी हुँदै जाँदा पनि नेकपाले मौनता साँधेको र आफ्नो धारणा सार्वजनिक नगरेको पनि उनको आरोप थियो । चन्दा आतंक एवं गैरकानूनी धरपकडबाट नेकपा कहिले मुक्त हुने भन्ने विषय पनि महत्वपूर्ण भएको उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले सशस्त्र विद्रोहको विरासत र परिवर्तनका एजेन्डा बोकेर हिंडेको तथा शान्तिपुर्ण राजनीतिमा आएको नेकपासँग जनताले आशा पनि राखेका छन्,सशंकित पनि भएका छन् भने । उनले यो वा त्यो बहानामा व्यवसायीलाई दुख नदिन र संन्त्रासको वातावरण सिर्जना नहोस् भन्ने कामना पनि गरे । ‘विप्लवको पार्टी भनेपछि मान्छे डराउँछन् । तपाईंको पार्टीका मान्छेको फोन वा भेट्न खोज्दा पर भाग्नुपर्ने अवस्था छ । यस्तो किन भैरहेछ भन्नेबारे महासचिवको धारणा आओस्,’ उनले भने ।
पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रमा होटल संघ गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदी, पोउवा संघका कार्यसमिति सदस्य बालकृष्ण कोइराला, व्यवसायीहरु इञ्जियियर विश्व कर्माचार्य, टंक सुवेदी, खडानन्द आचार्यले दलहरुले राष्ट्रघाति काम गर्ने नगर्न, कृषिमा अनुदान हैन उत्पादकत्व वृद्धिमा जोड दिन, विदेश नीतिमा स्पष्ट हुन, पोखराको पर्यटन उद्योगलाई बचाउन आग्रह गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…