२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

महिला संघ कास्कीमा प्रशिक्षण

पोखरा भ्यूज

पोखरा । नेपाल महिला संघ कास्कीले शनिवार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महिला संघ कास्कीले नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरपारी शुभकामना आदानप्रदान, प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम गरेको हो ।

गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ एवम् गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाको बिशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा महिला संघका सदस्यहरुलाई संविधान सभा सदस्य शारदा पौडेल, नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा लगाएतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले राजनीतिक क्षेत्रमा समावेशी सहभागिता र नीतिनिमार्ण तहमा उल्लेखनिय सहभागिताका लागि नेपाल महिला संघले महत्वपुर्ण भूमिका खेल्नु पर्ने उल्लेख गर्दै महिलाको राजनीतिक विकासका लागि सहकार्यमा आफु सदा तयार रहेको बताईन् ।

sara.jpg

त्यस्तै, प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्य मान्यता स्थापनाका लागि महिला संघ कास्कीले अग्रणी भूमिका खेल्नु पर्ने बताउँदै राजनीतिक क्षेत्रमा समान सहभागिताका लागि सदभाव र सहकार्यको आवश्यकता औल्याए ।

संविधान सभा सदस्य शारदा पौडेलले राजनीतिक क्षेत्रमा महिला सहभागितका लागि ईर्स्या र द्वेश भन्दा एकताको आवश्यकता औल्याईन् । महिला दिदिबहिनीहरु सबै मिलेर एक साथ राजनीतिक क्षेत्रमा अगाडि बढ्नुको विकल्प छैन ।

नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति मनोज गुरुङले महिलाहरुले राजनीतिमा आफुलाई अब्बल बनाउन विचार गर्ने र निणर्य लिने क्षमताको विकासको आवश्यकता औल्याए । साथै उनले नेपाल महिला संघ कास्कीको वर्तमान अवस्था बारे बोल्दै आधिकारीक सभापति मिना पाण्डे नै भएको बताए । वर्तमान अवस्थामा कास्कीमा देखिएको विचलनको स्मरण गर्दै पाण्डेलाई सबै महिलाहरुसंग छलफलको माध्यमबाट समाधानको बाटो खोज्न आग्रह गरे ।

manoj.jpg

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पोषनाथ शर्माले पछिल्लो समयमा नेपाल महिला संघ कास्कीमा देखिएको विचलनप्रति ईंकित गर्दै सभापति मिना पाण्डे नै वैधानिक सभापति भएको दावी गरे । ‘केन्द्रबाट नै विधिवत रुपमा तोकेर आएको हुनाले मिना पाण्डे नै आधिकारीक सभापति हुन्’ उनले भने ‘तपाईले चिन्ता लिनुपर्दैन, हामी तपाईहरुको साथमा छौं ।’

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका सचिव रीता गुरुङले ७६ वर्ष अघि स्व.मंगलादेवी सिंहले स्थापना गरेको नेपाल महिला संघ २००४ साउन २४ गते नेपाली महिलाहरुका लागि राजनीतिक आधारस्तम्भ भएको स्मरण गर्दै राजनीतिक पहिचानका लागि महिलाहरु सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिइन्। ‘हरेक ठाँउमा समावेशी सहभागिताका लागि महिला सवल र सक्षम हुनु आवश्यक छ, ’उनले भनिन्‘ यसका लागि सुन्ने शक्तिका साथै अध्ययन र लेखन विकासको आवश्यकता छ ।’

rita.jpg

नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति अम्बिका ढुङगानाले पार्टी निर्माणमा महिला संघले अहम् भुमिका निर्वाह गरेको बताउदै महिला संघ सहमति, सहकार्य र एकतामा जानू पर्नेमा जोड दिएकी थिईन् ।

नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विरेन्द्र विजुक्छे, अधिवक्ता गीता विष्ट लामिछाने, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विकास थापा, नेपाल तरुण दलका केन्द्रिय सदस्य पशुपति भट्टराई, नेपाल महिला संघ कास्कीका उपसभापति इन्द्रमाया बाँनिया, नेपाल महिला संघ क्षेत्र नं ३ का क्षेत्रिय सभापति जुना जिसी क्षेत्री, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरीता तिमिल्सिना, नेपाल महिला संघ पोखरा महानगरका सभापति अम्बिका ढुंगाना, नेपाल महिला संघ कास्की सचिव कमला बराल लगायतले महिलाहरुको मुद्दा,समावेशीता,समानता र विभेदका विरुद्ध एक भएर लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।

mind-pande-1536x1152.jpg

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…