२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

बृहत् रक्तदान सम्पन्न, ७२ जना रक्तदाताले रक्तदान गरे

पोखरा भ्यूज

पोखरा, १७ भदौ । लायन्स क्लब अफ पोखरा अञ्जुली र लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहको संयुक्त आयोजनामा आइतवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको व्यस्त सड़क महेन्द्रपुलमा आयोजित रक्तदानमा पोखरा महानगरपालिका–९, सराङकोट बहुउद्देशिय सहकारी संस्था र सराङकोट रेडियो १०४.६ को सहयोग साथै क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

७२ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रमका संयोजक एवं लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष कल्पना आचार्य बास्तोलाले जानकारी दिएकी छन् ।

प्रमुख अतिथि रक्तदाता अभियन्ता एवं सराङकोट बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापाले पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा अञ्जुलीका अध्यक्ष मिना पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

लायन्स क्लब अफ पोखरा अञ्जुलीका अध्यक्ष मिना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका ब्लड डोनेशन एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर सन्तोष कुमार श्रेष्ठ, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका संस्थापक सल्लाहकार विश्वमोहन गौचन, संस्थाका उपाध्यक्ष भगवति गुरूङ, सामुदायिक प्रहरी संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष विष्णु सुवेदी, लायन्स क्लब अफ पोखरा अञ्जुलीका प्रथम उपाध्यक्ष साधना थापा लगाएतले ब्लडको बारेमा आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर अमृत शोभा खत्री, रिजन चेयरपर्सन भावना बसेल, जोन चेयरपर्सन सान्तवना पराजुली, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका सल्लाहकार प. तारानाथ शर्मा, जितबहादुर गुरूङलगाएत पोखरा अञ्जुलीका पूर्व अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उल्लेख्य रक्तदाताहरूको सहभागिता रहेको सो कार्यक्रममा सहभागी रक्तदाताहरूलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, अतिथि लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…