२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

घान्द्रुकमा तितेपातीबाट तेल उत्पादन सुरू,

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको घान्द्रुकमा आइतवारदेखि तितेपातीबाट सुगन्धित तेल उत्पादन थालिएको छ ।अन्नपूर्ण गाउँपापालिका–१० र ११, घान्द्रुकका स्थानीयले खेर गइरहेका तितेपातीलाई प्रशोधन गर्दै तेल उत्पादन थालेका हुन् ।

हिमालय एग्रो तथा जडिबुटी बहुउद्देशिय कृषक समुह, घान्द्रुकले तीतेपातीलाई प्रशोधन गरी सुगन्धित तेल उत्पादन गरेको हो ।

स्थानीयले करिब १ करोड़को लगानीमा घान्द्रुकस्थित उरीमा तितेपाती प्रशोधन केन्द्र स्थापना गरेपछि निकम्बा बनेको तीतेपाती उपयोगमा आएको हो ।

सामान्यतया पाँच सय केजी तितेपातीमा १ लिटर तेल उत्पादन हुने सुनिन आएकोमा तर घान्द्रुकमा तीन सय केजीमा ७ सय ५० एमएल तेल निकाल्न सफल भएको कृषक समूहका सचिव पूर्ण गुरूङले बताए । आइतवार परीक्षणका लागि तीन सय केजीको एक घान तितेपाती मात्र पकाईएको थियो, ७ सय ५० एमएल तेल निकाल्न सफल भयौं, यहि अनुपातमा पाँच सय केजी पातीमा १.५ लि उत्पादन हुन सक्नेछ गुरूङले भने, ‘ हाई अल्चिच्युटमा उत्पादन भएको तितेपाती भएर बढी तेल निस्कन सकेको हो की भन्ने हामीले महशुष गरेकाछौं । आज पाँच/पाँच सय केजीको दुई घान पकाएर परीक्षण गर्दै छौं ।’

प्रशोधन केन्द्रले तीतेपातीबाट तेल उत्पादन गर्न लागेपछि स्थानीयहरु उत्साहित भएका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…