
पोखरा भ्यूज
पोखरा, १७ भदौ । लायन्स क्लब अफ पोखरा अञ्जुली र लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहको संयुक्त आयोजनामा आइतवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको व्यस्त सड़क महेन्द्रपुलमा आयोजित रक्तदानमा पोखरा महानगरपालिका–९, सराङकोट बहुउद्देशिय सहकारी संस्था र सराङकोट रेडियो १०४.६ को सहयोग साथै क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
७२ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रमका संयोजक एवं लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष कल्पना आचार्य बास्तोलाले जानकारी दिएकी छन् ।
प्रमुख अतिथि रक्तदाता अभियन्ता एवं सराङकोट बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापाले पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा अञ्जुलीका अध्यक्ष मिना पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
लायन्स क्लब अफ पोखरा अञ्जुलीका अध्यक्ष मिना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका ब्लड डोनेशन एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर सन्तोष कुमार श्रेष्ठ, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका संस्थापक सल्लाहकार विश्वमोहन गौचन, संस्थाका उपाध्यक्ष भगवति गुरूङ, सामुदायिक प्रहरी संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष विष्णु सुवेदी, लायन्स क्लब अफ पोखरा अञ्जुलीका प्रथम उपाध्यक्ष साधना थापा लगाएतले ब्लडको बारेमा आ–आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर अमृत शोभा खत्री, रिजन चेयरपर्सन भावना बसेल, जोन चेयरपर्सन सान्तवना पराजुली, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका सल्लाहकार प. तारानाथ शर्मा, जितबहादुर गुरूङलगाएत पोखरा अञ्जुलीका पूर्व अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
उल्लेख्य रक्तदाताहरूको सहभागिता रहेको सो कार्यक्रममा सहभागी रक्तदाताहरूलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, अतिथि लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।












