
पोखरा भ्यूज
पोखरा,२३ भदौं । रोटरी क्लव अफ पोखरा न्युरोडको आयोजना र बाबा फ़ाउण्डेशन नेपालको सहकार्यमा रोटरी बगैचा निर्माण गरिएको छ ।
शनिवार शहिद स्मृती आवासिय विद्यालय पोखरा–१४, मझेरीपाटनमा फलफूलहरुको बिरुवा रोपण गरी रोटरी बगैचा निर्माण अभियान थालिएको हो ।
विद्यालयमा एक आकर्षक फलफूलको बगैचा निर्माण गर्ने उद्देश्यका साथ आँप, लिचि, अम्बा, एभोकाडो, सिताफल, कागती, टिमुर, हलुवावेद, आरु, नासपति, बयर, अमला, मेवा, कटहर लगायतका बिरुवा रोपण गरी अभियानलाई अगाडी बढ़ाईएको कार्यक्रमका संयोजक बर्षा केसव पराजुलीले बताए ।
रोटरी क्लव पोखरा न्युरोडले विद्यालयको र विद्यार्थीको आवश्यकतालाई ध्यान दिँदै सामाजीक कार्यमा सहभागी हुदै भविश्यमा थप कार्यक्रमहरू समेत गर्ने योजना रहेको क्लबका सह–सचिव भुनीराम शर्मा पोखरेलले बताए ।
क्लव अध्यक्ष रामविक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडानं. १४ का वडा सदस्य तनुजा थापा, रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ड गर्भनर पुरन कुँवर, शहिद स्मृति आवाशिय विद्यालयका प्राचार्य कल्पना चिलवाल, रोटरी क्लव अफ पोखरा न्युरोडका संस्थापक अध्यक्ष रवि प्रसाद बराल लगाएतले आफ्नो आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, निवर्तमान अध्यक्ष गिता सिग्देल, पूर्व अध्यक्षहरू सुवाश सिग्देल, पुष्पकमल पौडेल, क्लबका पदाधिकारी एवं सदस्यहरू साथै बिधालयका शिक्षक शिक्षिका, बिधार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बालबालिका र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था बाबा फाउण्डेसन नेपालको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा रोटरी बगैँचालाई संरक्षण र सम्बर्द्धन गर्न हरेक विरुवाको निगरानीका लागी २ जना विद्यार्थीलाई समेत जिम्मा दिएर अगाडी बढेको क्लबका कोषाध्यक्ष छवि सुवेदीले बताए ।













