२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
विदेश

मोरक्को भूकम्प : ८ सय २० को मृत्यु

रोयटर्स
मोरक्को । मोरक्कोमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ८ सय २० पुगिसकेको छ । साथै कम्तीमा ६ सय ७२ घाइतेको उद्धार गरिएको छ ।अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शनिबार ६।८ म्याग्निच्यूडको भूकम्प भएको हो ।

भूकम्पको गहिराइ १८।५ किलोमिटर रहेको बताइएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय २० पुगेको छ भने हालसम्म ६ सय ७२ जना घाइते भएको बीबीसीको समाचारमा छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयले पनि मृत्यु हुने र घाइतेको संख्या पुष्टि गरेको छ ।

भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ ।

भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारको क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसस्थित सयौं मानिस लामबद्ध भएका छन् । रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानीय मिडियाले जनाएका छन् ।

यस्तै घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानको लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् । यद्यपि कतिपय मानिसहरू भत्किएका भवनहरूमा पुरिएर रहेको हुनसक्ने स्थानीय मिडियाले जनाएका छन् ।

भूकम्पका कारण मोरक्कोमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै थुप्रै देशका प्रमुखहरूले समवेदना प्रकट गरेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै ऐकवद्धता व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । साथै मोरक्कोले ब्यहोर्नुपरेको पीडाप्रति युक्रेनले ऐकवद्धता प्रकट गरेको जेलेन्स्कीले जनाएका छन् ।

यस्तै टर्कीका राष्ट्रपति रिसेप तायीप एर्दोगानले मोरक्कोलाई सहयोगको घोषणा गरेका छन् । उनले सहयोगका लागि आफूहरू तयार रहेको भन्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । ुहामी हाम्रा मोरक्कन दाजुभाइहरूलाई हरेक कठिन समयमा सहयोग गर्नेछौं,ु एर्दोगानले सामाजिक सञ्जाल एक्स ९ट्विटरको परिस्कृत रुप० मार्फत् भनेका छन् ।

यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले मोरक्कोमा २४ देखि ४८ घन्टाको अवधिमा आपतकालीन उद्धार टोली खटाउन सकिने जनाएको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि मोरक्कोका जनताको पीडा र शोकप्रति ऐकवद्धता र समवेदना व्यक्त गरे ।

मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा भने कसैले औल्याएको छैन । भूकम्पपछि दर्जनौं परकम्पहरू गए पनि त्यसले सुनामी निम्त्याउने प्रक्षेपण गरिएको छैन । ती परकम्पहरूले पहिलो भूकम्पभन्दा सानो धक्का दिइरहेका छन् ।

मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएका थिए । २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मोरक्कोको भूकम्पप्रति दुस्ख र समवेदना व्यक्त गर्दै सहयोग उपलब्ध गराउने बताएका छन् ।

मोरक्कोमा भूकम्पबाट भएको जनधनको क्षति र विनाशबाट मलाई गहिरो दुःख लागेको छ । त्यहाँ आवश्यक सहयता उपलब्ध गराउन अमेरिका तयार छ,बाइडेनले उल्लेख गरेका छन् । यस्तै चिनियाँ राष्ट्रपति सी चीनफिङले पनि मोरक्कोलाई समवेदना सन्देश पठाएका छन् ।

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…