
पोखरा भ्यूज
२६ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले दिएको जानकारी अनुसार प्रदेशसभाको संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ । त्यस्तै बैठकले प्रदेश लोकसेवा आयोगको कार्यालय राजधानी क्षेत्रमा स्थापना गर्न भवनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले बर्दिया जिल्लामा बाढीबाट बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने, बाघ आक्रमणमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाँकेमा भएको बस दुर्घटनामा परेर घाइते भएकाहरुको उपचारको लागि सहयोग उपलब्ध गराउनेसमेत प्रदेश सरकारले निर्णय गरेको छ ।







सम्बन्धित खवर
















