२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरामा लायन्स अन्तर्राष्ट्रियका डाईरेक्टर बुर्लाकोटीलाई स्वागत

पोखरा भ्यूज

पोखरा, ९ असोज । लायन्स अन्तर्राष्ट्रियमा नेपालका नवनिर्वाचित अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीलाई पोखरामा स्वागत गरिएको छ । मानवीय सेवाको कार्यमा सक्रिय विश्वकै सबैभन्दा ठूलो सदस्य संख्या रहेको सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियका नवनिर्वाचित डाईरेक्टर बालकृष्ण बुर्लाकोटीलाई मंगलवार बिहान पोखरामा अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

गत जुलाई ७ देख़ि ११ सम्म अमेरिकाको बोस्टनमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट लायन बर्ष २०२३–२५ का लागि नेपालबाट लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएपछि बुर्लाकोटी पहिलो पटक पोखरा आएकाहुन् । पोखरामा सक्रिय ५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक़्ट के का डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापा, एम का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल, एल का द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर एक नारायण शर्मा र आईबाट डिष्ट्रिक्टका सिनियर लिडरहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फुलमाला तथा अविर लगाई स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए ।

812C7544-557B-4033-ADB2-BF284E5C61DB.jpeg

अन्तर्राष्ट्रियका डाईरेक्टर बुर्लाकोटीको सम्मानमा पोखरा क्षेत्रमा सक्रिय लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई, जे, के, एल र एम नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको बेनक्यूईट पाटीमा सहभागिता जनाउने कार्यक्रम रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को-अर्डिनेटर ऋषि गिरीले बताए ।

स्वागत सम्मान एवं बधाई पश्चात संक्षिप्त भनाई राख्दै बुर्लाकोटीले नेपाललाई लायन्स मार्फत विश्वभर चिनाउन प्रयास गरेको बताए  ।लायन्जिमको विकास र विस्तारमा आफ्नो योगदान रहने बताउदै नेपालमा धेरैभन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफूसक्रिय बुर्लाकोटीले बताए ।

२१२ देशको प्रतिनिधित्व रहेको लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित बुर्लाकोटीले दक्षिण एसिया, मध्यपूर्व र अफ्रिका लगायत ६४ राष्ट्रको प्रतिनिधि गर्दछन् ।

सन् १९१७ मा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय नेपालमा प्रवेशको ५२ वर्षपछि लायन्सको अन्तर्राष्ट्रिय नेतृत्वमा नेपालबाट पुग्ने बुर्लाकोटी दोस्रो व्यक्ति हुन् । यस अधि सन् २०१५ मा नेपालबाट अन्तर्राष्ट्रिय नेतृत्वमा संजय खेतान पुगेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…