101Shares

पोखरा भ्यूज

पोखरा, ९ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ असोज २६ २७ गते पर्यटकीय नगरी पोखरामा हुने भएको । लायन्स क्लब अफ पोखरा आदर्शको ब्यवस्थापनमा हुने क्याविनेट मिटिङ २६ गते क्याबिनेट पदाधिकारीहरुको बैठक २७ गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक एस.आर.केसी. ब्याङक्युट माटेपानीमा हुने क्याविनेट मिटिङ तयारी समितिका संयोजक नविन भण्डारीले जानकारी दिए

दोस्रो क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नविन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट कोअर्डिनेटर सुरेन्द्रमान सिं भण्डारी सहसंयोजक रहने गरी विभिन्न ११ वटा उपसमिति गठन गरिएको आयोजक क्लब आदर्शका अध्यक्ष बिष्णु गौतमले जानकारी दिए

यसैबीच दोस्रो क्याबिनेट मिटिङको तयारीका लागि सचिवालय स्थापना गरिएको पोखरा१९, लामाचौरस्थित मध्यम पथमा स्थापना गरिएको सचिवालयको मंगलवार उद्घाटन गरिएको

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले सचिवालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा डिष्ट्रिक्टका प्रथम द्वित्तिय भाईस गभर्नर विनोद ढुंगाना पार्वती खरेल पाण्डे, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, क्याविनेट सेक्रेटरी महेश पाण्डे, डिष्ट्रिक्टका सिनियर लिडर सहित क्लबका पूर्व अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो सो अवसरमा क्याबिनेट मिटिङको लागि आयोजकबाट तयार पारिएको लोगो डिष्ट्रिक्ट गभर्नर केसीले अनावरण गरेका छन्

क्याबिनेट मिटिङको तयारीलाई तिब्र बनाइएको संयोजक भण्डारीले जानकारी दिए पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङ आयोजना भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने विश्वास गरिएको सहसंयोजक सुरेन्द्र मान सिं भण्डारीले बताए पोखरामा राम्रो व्यवस्थापनसहित क्याबिनेट मिटिङ सञ्चालन गर्दैछौं,’ उनले भने, ‘करिब हजार सय बढी लायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं

पोखरामा आयोजना हुने क्याबिनेट मिटिङले पोखराको पर्यटन प्रवर्धनमा समेत टेवा पुर्र्याउने भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाको भनाई छ । ‘चाडपर्व सुरु हुने समयको पूर्व सन्ध्यामा आयोजित यो क्याबिनेट मिटिङ पोखराका लागि गौरवको कुरा हो,’ उनले भने

क्याविनेट मिटिङको रजिष्ट्रेसनका सहजताका लागि सचिवालय स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए असोज २३ गतेसम्मका लागि अग्रिम रजिस्टेसन खुल्ला गरिएको भण्डारीले बताए रजिस्टेसनको आधारमा विभिन्न उपहारको व्यवस्था गरिएको ,’ उनले भने

दोश्रो क्याबिनेट बैठकको रजिस्ट्रेसनका लागि क्लबका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ संयोजक रहेका छन् । रजिष्ट्रेसन सहजताका लागि बागमती एरियामा धिरज श्रेष्ठ, रामहरी अर्याल, संगिता शर्मा, संगिता थापा के सी शुशिल कुमार बस्न्यात साथै गण्डकी एरियाका लागि नगेन्द्र राज बराल, हिरा भण्डारी, गंगा बिलास लोहनी मोहन राज पौडेललाई जिम्मेवारी प्रदान गरीएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिए

101Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected