२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

साईन्स ल्याव निर्माणका लागि लायन्सद्वारा रकम हस्तान्तरण

पोखरा भ्यूज

म्याग्दी । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखि क्याम्पसलाई साईन्स ल्याब निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । बुधवार म्याग्दी स्थित आठ वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त करिव एक करोड २२ लाख रूपैयाको चेक (९१,९२२ अमेरिकी डलर) हस्तान्तरण गरेको हो ।

समारोहका प्रमुख अतिथि लायन्सका एलसिआईएफ एरिया लिडर राजन लम्साल, विशिष्ट अतिथि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन सिबी चन्द, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी र निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले क्याम्पस प्रमुख गोरख बहादुर ज़िसीलाई संयुक्त रूपमा सो रकम हस्तान्तरण गरेका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले गत बर्ष लायन्स अन्तर्राष्ट्रियबाट बाग्मती प्रदेशको काठमांडौ, गण्डकी प्रदेशको पोखरा र बेनीमा छुट्टाछुट्टै प्रोजेक्टका लागि तीनवटा ग्रान्ट (अनुदान) भित्राउन सफल भएको निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिए । उनका अनुसार म्याग्दीमा म्याग्दी बहुमुखि क्याम्पसमा साईन्स ल्याब निर्माणका १ करोड़ २२ लाख, पोखरा-१२ स्थित सितलादेवी सामुदायिक बिधालयमा भवन निर्माणका लागि १ करोड़ ३२ लाख र तारकेश्वर नगरपालिकाको साङला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरण खरिदका लागि १ करोड़ ३२ लाख बराबरको अनुदान भित्राएको थियो । यस्का अलवा गतबर्ष नै बाढ़ी पैह्रो एवं विपत ब्यावस्थापनका लागि इमरजेन्सी ग्रान्ट अन्तर्गत १० हजार डलर साथै लियो ग्रान्ट अन्तर्गत ५ हजार डलर पनि प्राप्त भएको थियो ।

साईन्स ल्यावको निर्माण कार्य अन्तिम चरणमा रहेको छ, सितलादेवी सामुदायिक बिधालय भवन दुई महिना अधि मात्र सिलान्यास भई निर्माण कार्य धमाधम भईरहेको छ भने साङला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरण खरिदका लागि टेन्डर प्रक्रियामा गैसकेको निवर्तमान क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…