66Shares

पोखरा भ्यूज

म्याग्दी । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत म्याग्दी स्थित आठ वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । यो सँगै डिष्ट्रिक्ट ३२५ आई नेपालका सम्पूर्ण क्लबहरूको पदस्थापन सम्पन्न भएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिए । उनका अनुसार आजको मितिसम्म डिष्ट्रिक्टमा १६६ क्लब र तीनहजार दुई सय लायन्स सदस्य रहेका छन् ।

बुधवार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा सम्पन्न पदस्थापन समारोहमा रिजन जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ बेनी म्याग्दी, बेनी सिटी, बेनी मल्लाज, बेनी महारानी, म्याग्दी दोभान, म्याग्दी दरबाङ, बेनी पिस सिटी बेनी लभ्लीहिलका क्लब अध्यक्ष, पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीहरूको संयुक्त पदस्थापन सम्पन्न भएको हो

प्रमुख अतिथि एवं पदस्थापन समारोहका पदस्थापन अधिकृत लायन्सका एलसिआईएफ एरिया लिडर राजन लम्सालले लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका वर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी सहित म्याग्दी स्थित सम्पूर्ण क्लबका पदाधिकारीहरूलाई पदस्थापन गराएका हुन्

समारोहमा लायन्स क्लब अब बेनी म्याग्दीद्वारा स्पोन्सर गरिएको क्लब लायन्स क्लब अफ जोमसोम, बेनी महारानीद्वारा स्पोन्सर गरिएको नयाँ क्लब बेनी तातोपानी बेनी मल्लाजद्वारा स्पोन्सर गरिएको क्लब बेनी जलजलाको प्रमुख अतिथि लम्साल डिष्ट्रिक्ट गभर्नर केसीले ब्यानरमा हस्ताक्षर गरी क्लब उद्घाटन गरिएको घोषणा गरेका थिए

नयाँ क्लबहरूको संस्थापक अध्यक्षमा जोमसोममा तृष्णा गौचन थकाली, बेनी तातोपानी मनकुमारी तुलाचन र जलजलाको अध्यक्षमा नारायण पौडेल रहेका छन्

पदस्थापन समारोहमा नयाँ तीन वटै क्लबका अध्यक्ष एवं पदाधिकारी सदस्यहरू अन्य आठवटा क्लबका नयाँ सदस्यहरूलाई डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन्स सम्बन्धि परिचय सहित काम कर्तव्यको बोध गराउदै लायनवादको सपथ गराएका थिए

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालबाट बेनी नगरपालिका-५ डडुवास्थित ज्योती आधारभूत बिधालयलाई तीन थान कम्प्यूटर पनि हस्तान्तरण गरिएको थियो ।

समारोहका प्रमुख अतिथि लम्साल, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य बिमला गौचन सहित विशिष्ट अतिथि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन सिबी चन्द, डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी र निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले बिधालयका प्रधानाध्यापक मिनबहादुर खत्रीलाई संयुक्त रूपमा उक्त कम्प्यूटर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लायन वर्ष २०२२२३ का आठ वटा क्लबका अध्यक्षहरू क्रमश: दशरथ कर्माचार्य, राजु बानियाँ, पुष्कल ढुंगाना, भिम कुमारी सुवेदी, कमला जि.सी, थमन गौतम, नन्दकुमार पाईजा, भरत कुमार रखाल तथा उनिहरूको टिमले सम्पादन गरेका कार्यहरू प्रस्तुत गरेका थिए

त्यस्तै लायन बर्ष २०२३/२४ का अध्यक्षहरू लायन्स क्लब अफ बेनी म्याग्दीका रामजी बिश्वकर्मा, बेनी सिटीका अन्जित खान, बेनी मल्लाज चन्द्र बहादुर के.सी, बेनी महारानीका जुनु उदास श्रेष्ठ, म्याग्दी दोभानका जमुना के.सी, म्याग्दी दरबाङका प्रेमलाल कंडेल, बेनी पिस सिटीका सन्दिप खत्री, बेनीलभ्लीहिलका अध्यक्ष नेत्रराज सुवेदीले कार्यकाल सुरू पछि हालसम्म क्लबले सम्पादन गरेका कार्य भावीयोजना सुनाएका थिए भने नयाँ क्लब बेनी तातोपानीका संस्थापक अध्यक्ष मनकुमारी तुलाचन जलजलाका संस्थापक अध्यक्ष नारायण पौडेलले पनि आफ्ना भावी योजना प्रस्तुत गरेका थिए

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विशिष्ट अतिथिको मन्तव्य राख्दै लायन्सले अरूको भन्दा फरक काम गर्दै समृद्धि र विकासको अभियानमा लायन्सलाई जोड्नु पर्नेमा जोड दिएकी थिईन् लायन्स क्लब अफ म्याग्दी दोभानको पूर्व अध्यक्ष समेत रहेकी गौचनले लायन्सले स्थानीय तह प्रदेश सरकारको समेत सहकार्यमा कार्यक्रम अगाडि बढाए अझ प्रभावकारी समेत हुने बताएकी छन् उनले भनिन्, ‘मलाई लायन्स सदस्य हुँ भन्न गर्व लाग्ने गरेको छ 

लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष दशरथ कर्माचार्य   बेनी सिटीका अध्यक्ष अन्जित खानको अध्यक्षता गरी दुई चरणमा सम्पन्न समारोहमा मल्टीपल काउन्सिल चेयरपर्सन सिबी चन्द, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतले निवर्तमान अध्यक्षहरूले आफ्नो कार्यकालमा सम्पादन गरेका मानविय सेवाका कार्यको उच्च सम्मान गर्दै बधाई सहित धन्यवाद दिदै नयाँ पदस्थापित अध्यक्ष लगाएतको टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

बेनी मल्लादका हेमन्त बानिया लभ्लिहिलका सचिव निर्मल खत्रीको संचालनमा रहेको कार्यक्रममा रिजनचेयर पर्सन प्रमिला जोशीले धन्यवाद जोन चेयर पर्सन प्रकाश पौडेलले स्वागत मन्तव्य राखेका थिए

66Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected