२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

लेकसिटी कलेजमा संगीतमय कार्निभल

पोखरा भ्यूज

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए । लेकसिटीले दशैं तिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने हेतुले शनिबार लेकसिटी कार्निभल आयोजना गरेको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले जनाए ।

बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राखेकी थिइन् । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव बन्यो । नयाँ नयाँ मान्छेसँग कसरी कुराकानी गर्ने, कसरी फेस गर्ने? थाहा भयो, प्रीतिले सुनाइन् ।

दिनभरको कलेक्सन जम्मा भइसकेको थिएन । प्रीतिले सरदर ३/४ हजारको व्यापार गरिन्। किताबमा पढेको कुरा व्यवहारमा लागू गर्न पाउँदा प्रीति उत्साहित देखिएकी थिइन् । बिएस ड्ब्लु दोस्रो वर्ष पढ्दै गरेकी तेन्जिङको स्टलमा पनि फास्ट फुड आइटम थिए ।

तेन्जिङले पनि लाफिङ बिक्री गरेर प्रितीले जस्तै फरक अनुभव गरिन् । कलेज तेन्जिङ कार्निभलमा आएका नयाँ पाहुनासँग ठट्यौली पारामा प्रस्तुत भइरहेकी थिइन् । नजिककै स्टलमा बबल टी, कफी र लस्सीको स्टल राखेका अनुपम पोखरेल पनि लेकसिटी कार्निभलमा उत्साहित देखिएका थिए । पोखरेल पोखरा ट्रेडमहलमा ४ वर्ष यता व्यापार गरिरहेका छन् । तर, कलेजको माहोलमा थप उत्साहित भएको उनले बताए ।

‘कलेजमा यसरी सबैजना हुँदा रमाइलो लागिरहेको छ । ट्रेड महलमा पनि ग्याजेट सप चलाइरहेको छु । अहिले दुई महिना जति भयो, कफी सप पनि चलाइरहेको छु,’ उनले भने । पोखरेल बिबिएस चौँथो वर्षमा अध्ययनरत छन् ।

कलेज मेलामा रन्जु गुरुङ र स्वस्तिका लामाले क्याराओक ल्याएका थिए । दुवै साथी मिलेर नयाँ टेस्ट हुन्छ भनेर क्याराओक ल्याएको बताए । क्याराओकमा कुनै पनि गीतको लिरिक्स हेर्दै गीत गाउन पाइन्छ । १० मिनेट गीत गाएको १०० रूपैयाँका दरले शुल्क लिएको रञ्जु गुरुङले बताइन् । कलेजमा नयाँ टेस्ट ल्याउँदा उत्साहित भएको उनले सुनाइन् ।
बगरबाट कलेज कार्निभलमा आएका पुरुषोत्तम मानन्धर र राधा मानन्धरले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिएकोमा खुसी माने । ‘ठिकै लागिरहेको छ । विद्यार्थीलाई नयाँ नयाँ प्रयोग गराइरहेको छ,’ पुरुषोत्तमले भने ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…