203Shares

पोखरा भ्यूज ।

पोखरा, २९ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा गण्डकी एरियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा भवानीको फोटोमा पुजा गरी चाडपर्व बिशेष शुभकामना कार्यक्रम उदघाटन गरिएको थियो

कार्यक्रममा गण्डकी क्षेत्रमा रहेका डिष्ट्रिक्टको क्याबिनेटमा रहेका सिनियर लायन लिडरहरु क्लबका पदाधिकारीहरु सहित करिव १५० जनाको उपस्तिथि रहेको थियो

सो अवसरमा गत भदौं महिनामा गण्डकी क्षेत्रको आयोजनामा हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा आयोजित तिज फेलोशिप कार्यक्रमबाट संकलन भइ बचत हुन आएको रकम क्यान्सर पिडित बालिका स्मारिका थापालाई प्रदान गरिएको थियो तिज फेलोशिप कार्यक्रम संयोजक रिजन चियर पर्सन रितु पौडेलको संयोजनमा संकलित भई बचत हुन आएको रकम ७४ हजार सय रुपैया स्मारिकाका हजुरबुबा कमल थापालाई डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले प्रदान गरेकी थिईन् गभर्नर थापाले हाल स्वस्थ लाभ गरिरहेकी क्यान्सर पिडित बालिकालाई थप उपचारका लागि सहयोग पुगोस् भन्ने हेतुले हस्तान्तरण गरिएको बताइन्

शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दिपक श्रेष्ठ, निवर्तमान डिष्ट्रिक्ट गभर्नर राजेन्द्र कुमार बाटाजु , पूर्व गभर्नर बिशेश्वर आचार्य लगायत डिष्ट्रिक्टका सिनियर लिडरहरूले शुभकामना मन्तव्य राखेका थिए

डिष्ट्रिक्टका टुरिजम प्रोफेस्नल चिफ चेतन कार्कीको संचालनमा रहेको कार्यक्रमको संयोजन डिष्ट्रिक्ट एओजी बसन्त गिरीले गरेका थिए

203Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected