२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

गुटेरेसको स्वागत र सुरक्षाका लागि अन्नपूर्ण बेस क्याम्पमा विषेश तयारी

पोखरा भ्यूज

पोखरा, १२ कात्तिक । नेपाल भ्रमणका रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि अन्नपूर्ण बेस क्याम्पमा विषेश तयारी गरिएको छ । गुटेरेस मंगलबार बिहान जलवायु परिवर्तनको असरबारे बुझ्न हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर जाने छन् । त्यहाँ उनले आधा घण्टा बिताउने छन् । मंगलबार नै उनि पोखरा फर्केर लुम्बिनी जाने कार्यक्रम रहेकोछ ।

गुटेरेसको स्वागतका लागि अन्नपूर्ण गाउँपालिकाको तर्फबाट स्थानीय गुरुङ संस्कृति अनुसार स्वागतको तयारी भइरहेको अन्नपूर्ण गाउँ पालिकाकाका प्रवक्ता भरतमान गुरूङले बताए ।

गुटेरेसको भ्रमण साथै कार्यक्रमको तयारी र व्यवस्थापनसँगै स्वागतको लागि अन्नपूर्ण आधार शिविरमा जनप्रतिनिधि र नेपाली सेनाको टोलीसहित नेपाल प्रहरी पुगिसकेको छ ।अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी र वडा नं.-११ का वडाध्यक्ष हिम बहादुर गुरुङ सहितको टोली आईतवार नै अन्नपूर्ण बेस क्याम्प पुगिसकेका हुन् ।

नेपाली सेनाको श्री नारायणदल गणका क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको सेनाको टोली, छोम्रोङ  पर्यटन व्यवस्थापन समितिको अध्यक्ष जगनरास  गुरुङ नेतृत्वको टोली र कास्की जिल्ला प्रहरी कार्यलयबाट प्रहरी इन्सपेक्टर भुवन बराम नेतृत्वको प्रहरी टोलीले व्यवस्थापनको कार्यसँगै स्वागतको तयारी गरिरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर संसार भर परिचित पदयात्रा पर्यटन गन्तव्यमा रहेको छ ।

आइतवार सुरक्षा निकायले पोखरा विमानस्थलदेखि फिस्टेल लजसम्म गुटेरेसको सुरक्षाको पूर्वाभ्यास गरेका छन् । उनलाई पोखरामा तीनै तहको सरकार र पर्यटन व्यवसायीले सोमवार स्वागत गर्ने तयारी छ । अन्नपूर्ण आधार शिविरमा १ वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन थप २ वटाहेलिप्याड निर्माण गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…