1Shares

पोखरा, १२ कात्तिक ।छोरेपाटनबाट शान्तिस्तुपातर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस दुर्घटनामा परेको छ । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना हुँदा ३५ जना घाईते भएका हुन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाईतेहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा लगिएको बुझिएको छ । पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने बस हो । दुर्घटनास्थल उकालो ठाउँमा रहेको बताइएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected