२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

नेपाल बितरक महासंघद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण

पोखरा भ्यूज

पोखरा । नेपाल बितरक महासंघले भूकम्पमा परेका पीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ । महासंघको अगुवाईमा जिल्ला संघहरुको उत्साहजनक साथ समर्थनले करिव १५ लाख बराबरको राहतसामग्री वितरण गरिएको महासंघका अध्यक्ष हरिराज पन्तले जानकारी दिए ।

अध्यक्ष पन्तका अनुसार भूकम्प जादाँको भोली पल्ट नै महासंघले आवाहन गरे पश्चात स्वतः स्फूर्त रूपमा संकलित राहत सामग्री भूकम्पपीडित परिवारलाई संघले वितरण गरेको हो ।

नेपाल बितरक संघ सूर्खेतको अगुवाईमा कुसे गाउपालिका अन्तर्गत टालेगाउँ, अर्थानी, धिमे र पैकमा चार सय घरधुरीलाई राहत सामाग्री वितरण गरिएको नेपाल बितरक महासङका केन्द्रीय सदस्य मदन राज न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय जाजरकोटसँगको सहकार्य तथा स्थानीय सरकारको रोहवरमा अत्यावश्यक खाध्य सामग्री वितरण गरिएको न्यौपानेले बताए ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर १७ गते शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…