82Shares

पोखरा भ्यूज

पोखरा, २७ कार्तिक अरुणोदय यूथ क्लबले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् बिशेष शुभकामना आदानप्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको

पोखरा, घारीपाटनस्थित माउण्ट हेभन स्कूल परिसरमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले समाज सुधारका लागि क्लबले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सकेको सहयोग गर्ने प्रतिबद्वता सहित चाडपर्वको शुभकामना आदान प्रदान गरेका थिए

कार्यक्रममा तरेली सांस्कृतिक परिवार, नौलो विहानी समूह आयोजक क्लब अरुणोदय यूथ क्लबका कलाकारले बिबिध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए

क्लबका अध्यक्ष नरेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन केसी ग्रुपका निर्देशक समाजसेवी युवा राजनीतिज्ञ किरण केसीले गरेका थिए
कार्यक्रममा बोल्दै केसीले चाडपर्वलाई भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा मनाउनु पर्ने बताए उनले हाम्रा चाडपर्वले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, एकता र मेलमिलापको निम्ति महत्त्वपुर्ण भूमिका खेल्ने हुदाँ भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

IMG_4437.jpeg

कार्यक्रममा क्लब संस्थापक सल्लाहकार अनिल कुमार शाहीलाई सम्मान गरिएको थियो भर्खर मात्र सरकारी सेवाबाट अवकास लिनु भएका (सहायक प्रमुख जिल्ला अधिकारी)शाहीले क्लब स्थापनादेख़ि अनवरत रूपमा पुर्र्याउनु भएको योगदानको उच्च सम्मान गर्दै क्लबले सम्मानित गरेको थियो उनलाई कार्यक्रमका प्रमुख अतिथि केसी, क्लबका अध्यक्ष नरेन्द्र गुरूङ, निवर्तमान अध्यक्ष सुरेश गुरूङ, संस्थापक अध्यक्ष बिक्रम गुरूङलगाएतले सम्मान गरेका थिए

सम्मानित व्यक्ति शाहीले सम्मानले आफुलाइ क्लब प्रति ऋणी थप जिम्मेवार बनाएको बताउदै आफूलाई उत्साहित साथै हौसला प्रदान गरेको बताए क्लब गरेका समाज परिवर्तनका रचनात्मक कार्यमा सदैव साथ सहयोग रहने प्रतिबद्धता सहित नेपाली संस्कृति सामाजिक एकतासँग जोडिएका कारण नेपाली चाडपर्वको महत्व जिवन्त रहिरहने बताए

विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. का वडाध्यक्ष राममोहन आचार्यले चाडपर्व हाम्रा सांस्कृतिक धरोहर भएको भन्दै यसले शान्ति, विकास समृद्धिको यात्रालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने गरेको बताए उनले क्लबले गरेका सकारात्मक कार्यमा वडाले हातेमालो गर्दै अघि बढ़ने प्रतिबद्वता समेत व्यक्त गरे

क्लबका अध्यक्ष नरेन्द्र गुरूङ, उपाध्यक्ष घनश्याम लामिछाने, सचिव विष्णु सुवेदीले क्लबले गरेका वार्षिक गतिबिधि बारे प्रकाश पार्दै प्रत्येक बर्ष आयोजना गर्दै आएको यस कार्यक्रमलाई सब्य र भव्य रूपमा सफल बनाउन सबैको साथ र सहयोग प्रति धन्यवाद सहित आभार व्यक्त गरेका थिए 

IMG_4435.jpeg

सूरज बराईली गंगा मरासिनी बराईलीको संचालनमा रहेको सांस्कृतिक मनोरन्जनात्क कृयाकलापहरुले कार्यक्रमलाई उत्साहित बनाएको थियो

82Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected