२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई ले सकलाका भूकम्प प्रभावितलाई आपतकालिन राहत सामग्री वितरण

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले जाजरकोटका भूकम्प प्रभावितलाई आपतकालीन राहत वितरण गरेको छ। डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरुको सक्रियतामा संकलित रकमबाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–९, सकलाका भुकम्प प्रभावित ८० घर परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेले बताए ।

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको उपस्थितिमा प्रदान गरिएका आपतकालिन सामग्रीहरूमा बाल्टी २० लि. ८० थान,  जग ८० थान, चामल ८० बोरा, डसना/ब्लाङ्केट/तन्ना/सिरानी ८०/८० थान, नुहाउने साबुन १६० पिस, लुगाधुने साबुन चार सय८० पिस, टूथपेस्ट/ब्रस ८०/८० पिस, टोपी ३ सेट दुई सय ४० पिस, स्वेटर  ८० पिस, त्रीपाल ८० पिस, पिफर्म ८०पिस लगाएतका अत्यावश्यक सामग्री वितरण गरिएको पाण्डेले बताए ।

उक्त सामग्रीहरू जिल्ला प्रसासन कार्यालय जाजरकोटको समन्वयमा स्थानीय सरकारको सहयोगमा वितरण गरिएको थियो ।

राहत संकलन टिममा डिष्ट्रिक्टका सिनियर लिडरहरू ऋषि गिरी सहित खोमराज खराल, रामहरी सिलवाल, प्रमोदनिधि तिवारी, अमृतदेवी बानिया लगाएत रहेका थिए ।

डिष्ट्रिक्टले जाजरकोट जिल्ला अस्पतालको लागि एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पनि उपलब्ध गराएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लाभर ९०५ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई हजार ७४५ घरहरूमा आंशिक क्षति भएको छ । त्यस्तै, रुक़ुम पश्चिममा दुई हजार एक सय घरधुरीमा आंशिक क्षति भएको छ भने दुई हजार बढ़ी घरहरू पूर्ण रूपमा क्षति भएका छन् ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…