२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आईको तेस्रो क्याबिनेट बैठक लमजुंगमा

पोखरा भ्यूज

लमजुंग । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक लमजुंगमा हुने भएको छ । आउँदो पुस २० र २१ गते लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा तेस्रो क्याविनेट बैठक हुने तय भएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

बैठकको तयारीका लागि लायन्स क्लव अफ लमजुङ बेसीशहरका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका सिनियर एड्भाईजर सुरेशकुमार प्रधानको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।  प्रधान संयोजक रहनेगरी विभिन्न १४ वटा उप–समिति गठन भएको छ भने सचिवालयको संयोजकमा लायन्स क्लव अफ लमजुङ दरबारका सचिव सञ्चारकर्मी किसान संगीतलाई जिम्मेवारी प्रदान गरिएको छ।

उप–समिति संयोजकहरूमा क्रमशः आर्थिकमा सुरेशकुमार प्रधान, प्रचारप्रसार तथा स्मारिका प्रकाशनमा किसान संगीत, सहभागी रजिष्ट्रेशनको लागि शोभा ठकुरी, स्थानीयतह संयोजनमा बुनाकुमारी रिमाल, अतिथि सत्कारको लागि सरिता सापकोटा, मञ्च, गेट र टेन्ट व्यवस्थापनमा विजय घिमिरेलाई जिम्मेवारी दिईएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यसैगरी खाना, बास, खाजा व्यवस्थापनको लागि सरोज शर्मा वाग्ले, किट् व्यागमा लक्ष्मण न्यौपाने, पार्किङ व्यवस्थापनमा गणेशमान श्रेष्ठ, खानेपानीमा सवनम मिया, स्वास्थ्य डेक्सको लागि त्रिलोक चन्द्र गुरुङ, झाँकी तथा साँस्कृतिक व्यवस्थापनमा पार्वती श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुगम देउजा र मल्टिमिडिया व्यवस्थापन उपसमिति संयोजकमा प्रमोद अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

जिल्लास्थित चार वटा लायन्स क्लवहरू, लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमान गरिएको छ भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं ८ स्थित फूलबारीमञ्च परिसरमा तय गरिएको छ ।

आयोजकका अनुसार दुई दिनसम्म चल्ने बैठकले जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देशप्रवाह, व्यापार व्यवसायमा गतिशिलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको छ । वर्तमान आर्थिकमन्दीको अवस्थामा यसकार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूति गर्न सक्नेछन् । ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमाटेवा पुग्ने अपेक्षा गरिएको छ । 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…