२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

व्यापार मेलामा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु

पोखरा भ्यूज
पोखरा । अटोमोवाइल्स इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरुले अटोसहित मेड इन नेपाल र औद्योगिक क्षेत्रका स्टलहरुबाट शैद्धान्तिक तथा व्यहारिक ज्ञान लिए ।

पोखरा, २६ मंसिर । पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् ।
शिक्षालयका प्रशिक्षकहरु कृष्णप्रसाद धिताल,मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल्स इञ्जिनियरिङ अध्यनरतसहित करिब ८० जना विद्यार्थीले अटो,औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टलहरुको अवलोकनसहित शैद्धान्तिक र प्राविधिक ज्ञान लिएका हुन् ।
विद्यार्थीहरुलाई अध्ययन-अवलोकनको माध्यमबाट व्यवहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । दक्ष र बजारले खोजेको जनशक्ति उत्पादनको अभियानमा लागेको शिक्षालयले विद्यार्थीहरुलाई स्वरोजगार र त्यो पनि नभए रोजगारसँग जोड्ने नीति तयर गेको बताउँदै व्यापार मेला अवलोकनले विद्यार्थीमा आत्मविश्वास जागेको धारणा व्यक्त गरे ।
मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीले विद्यार्थीहरुलाई आफूले उपभोग गर्ने सामानहरु कसरी उत्पादन हुन्छ,त्यसको प्रवद्र्धन र बिक्रीमा कस्तो कला अपनाउनुपर्छ भन्नेबारे जानकारी राख्न सुझाए । उपभोक्ताको आवश्यता र रुचिलाई केन्द्रमा राखेर उत्पादन गर्दा बजार अभाव नहुने उनको धारणा थियो । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइराला,संघका महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, कार्यसमिति सदस्य भीम गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…