
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पोखरा भ्यूज डट कम का कार्यकारी सम्पादक टंकराज अधिकारी पुरस्कृत हुने भएका छन् । महासंघको मंगलवार सम्पन्न कार्यसमितिको बैठकले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका अधिकारी बिगत २७ बर्षदेख़ि नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा कार्यरत छन् ।
त्यस्तै, सोही पुरस्कार–२०७९ बाट पत्रकार दीनानाथ बराल पुरस्कृत हुने भएका छन् । बराल कारोबार दैनिकमा कार्यरत छन् भने उनी नेपाल खेलकूद पत्रकार संघ गण्डकीका अध्यक्ष हुन् ।

पुरस्कारको राशि नगद २० हजार, दोसल्ला र सम्मानपत्र रहेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।
उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सम्मान गरिने महासंघ कास्कीअध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।











