पोखरा । पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारबाट स्थापित कृति स्मृति पत्रकारिता वृत्तिसम्मान तीन जना अग्रज पत्रकारलाई प्रदान गरिने भएको छ ।
कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट अग्रज पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बाँस्तोला सम्मानित हुने भएका हुन् ।
नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो ।
सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिने भएको हो ।
उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।