२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

नेका गण्डकी प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभागको बैठक सम्पन्न

पोखरा भ्यूज

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभागको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले आगामी पौष ३ र ४ गते  नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गर्न आफ़ना माताहतका निकायलाई अधिकतम परिचालन गर्ने निर्णय गरेको बिभागका सदस्य-सचिव राज बहादुर गुरूङले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसको विकल्प अरू पार्टी हुन नसक्ने बताए । बिभागको पहिलो बैठक शर्माले भने,’ नेपाली कांग्रेसको विकल्प अरू छैनन्, नेपाली कांग्रेस नै हो, भविष्य पनि नेपाली कांग्रेससँग नै छ, बाटो बिराएर अन्यन्त्र गएकाहरू पछि फर्कने कांग्रेस मै हो ।’ कांग्रेसले काम गर्यो तर आफ्नो कामको प्रचार प्रसार जनता सामु गर्न सकेन कांग्रेसको आवाजलाई आम जनतासम्म पुराउन बिभागले महत्वपूर्ण भूमिका खेल्नेमा बिस्वस्त रहेको शर्माको भनाई रहेको थियो ।

बैठकमा प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछानेले बिभागका सम्बन्धमा बुझाई फरक रहेको बताउदै कार्यसमिति सदस्य भन्दा बिभागको भूमिका महत्वपूर्ण हुने बताए । बिभागमा सम्बन्धित क्षेत्रमा बिज्ञता हासिल गरेका ब्यक्ति रहने हुदाँ पाटीको नीति निर्माण तहमा प्रभाव राख्ने हैसियत हुने बताए ।

सूचना, संचार तथा प्रचारप्रसार बिभागका प्रमुख रमेश पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख शिरोमणि बराल, सदस्य-सचिव राजबहादुर गुरूङ, नेपाली कांग्रेस केन्द्रिय प्रचार बिभाग सदस्य गंगाधर पराजुली, नेपाल प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी लगाएतले बिभागको औचित्य र भूमिकाका बारेमा आ–आफ्ना जिज्ञासा राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…