२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

राष्ट्रिय स्वतन्त्र पाटी पोखरा १०मा थापा

पोखरा भ्यूज

पोखरा ,२८ मंसिर । राष्ट्रिय स्वतन्त्र पाटीले विहिवार देखि सुरु गरेको वडा अधिवेशन अन्तरगत पोखरा महानगरपालिका वडा नं १० को प्रथम वडा अधिवेशनले चन्द्र बहादुर थापालाई सभापतिमा चयन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले भर्चोलको माध्यमबाट सातै प्रदेशमा वडा अधिवेशनको सुभारम्भ गरे पश्चात गण्डकी प्रदेश अन्तरगतको पोखरा महानगरपालिका वडा नं १० को वडा अधिवेशले थापालाई सर्वसम्वत रुपमा सभापतिमा चयन गरेको हो ।

नवगठित समितिको सचिवमा सुर्यमणि धिताललाई चयन गरेको छ भने सदस्यहरुमा निलम कुमार गौतम, अस्मिता थापा, मिन बहादुर गुरुङ, कविता घर्ती क्षेत्री, सिता कुमारी चापागाई, चन्द्र बहादुर नेपाली, वविता मिजार र रुपकला गुरुङलाई चयन गरेको हो ।

यसअघि कार्यक्रममा वोल्दै राष्ट्रिय स्वतन्त्र पाटीका प्रमुख सचेतक सन्तोष परियारले देश बनाउने अभियानमा सवै वर्ग र समुदायलाई समेटेर संगठन निर्माण गर्ने जुन उदेस्य छ त्यो उदेस्य प्राप्तीका लागि सामाजिक न्याय सहितको समाज निर्माणका लागि संगठित भएर पाटीले अगाडी सारेका योजनालाई तल्लो तहसम्म पुर्‍याउनु पर्नेमा जोड दिएका थिए ।

यसैगरि केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य शिव नेपालीले अनुशासनमा रहेर देश बनाउने सपनालाई साकार पार्नु नै पाटीको मुख्य निती रहेको विचार राखेका थिए भने गण्डकी प्रदेशका सभापति राजन गौतमले सवै विचारलाई समेटेर पाटीले बहुलवादको शिद्वान्तलाई आत्मसाथ गरेकोले सोही अनुसार अगाडी वढ्न सवैलाई अनुरोध गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं १० तदर्थ समितिका सभापति चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुर्यमणि धितालले गरेको थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…