1Shares

पोखरा भ्यूज
२८ मंसिर, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालको आकष्मिक कक्षको शैयाबाटै भागेर बेपत्ता भएका तनहुँका १८ वर्षीय संगम मिश्र सेती नदीमा मृत भेटिएका छन् ।

प्रहरीले सेती बाँध खोलेर खोजी गर्ने क्रममा नदीपुरस्थित सेती नदीको बीचको ढुंगामा अड्किएको अवस्थामा मिश्रको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । ज्वरोले सिकिस्त मिश्रको उपचारका लागि मंसिर २५ गते मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएकोमा उनका बुवा औषधि लिन फामेर्सीतर्फ गएको मौका पारी उनी भागेका थिए ।

मणिमाल नजिकैको सेती पुलमाथि मृतक मिश्रले लगाएको कपडा र निजको परिचयपत्र भेटिएपछि उनी सेती नदीमा हाम फालेको निष्कर्षमा प्रहरी पुगेपछि सेती बिहीबार सेती बाँध खोलेर उनको खोजी गरिएको थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected