२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

यहाँहरूले नसक्ने हामीले सक्ने भएर सामग्री ल्याएका हैनौं : ढुङगाना

पोखरा भ्यूज

पोखरा, २९ मंसिर । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले यहाँहरूले नसक्ने र हामीले सक्ने भनेर सहयोग सामग्री ल्याएका हैनौं । लायन्स क्लब अफ पोखरा पिस पाराडाईजले पोखरा–२०, भलामस्थित भलाम आधारभूत बिधालयमा अध्ययरत बिधार्थीलाई न्यानो कपड़ा वितरण कार्यक्रममा ढुङगानाले उक्त कुरा बताएका हुन्।

ढुङगानाले बिधार्थीका अबिभावकहरूप्रति लक्षित गर्दै भने ‘यहाँहरूले नसक्ने र हामीले सक्ने भनेर यी सहयोग सामग्री ल्याएका हैनौं,’ साना कलिला विद्यार्थी भाई बैनीहरूलाई असल संस्कार सिकाउनका लागि उपस्थित भएका हौं, जो भोली उनिहरू ठुला भएपछि अनुशरण गर्न सकुन ।’

क्लबले भलाम आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर र टोपी) वितरण गरेको छ । लायन्स क्लब अफ पोखरा पिस पाराडाईजको आयोजना लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर एवं सो बिधालयका पूर्व बिधार्थी अमृतशोभा खत्रीको समन्वयमा न्यानो कपड़ा वितरण गरिएको हो ।            

लायन्स क्लब अफ पोखरा पिस पाराडाईजका अध्यक्ष सुरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अर्जुनबहादुर क्षेत्री, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर अमृतशोभा खत्री, टंकराज अधिकारी, जोन चेयर पर्सन ज्ञानबहादुर राना, क्लबका पूर्वअध्यक्षहरू राम्जी बराल, अतितराज राना लगाएत क्लबका पदाधिकारी सहित सदस्यहरूको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका का.वा.अध्यक्ष  अर्जुनबहादुर क्षेत्री र बिधालयका प्रधानाध्यापक कुलप्रसाद पौडेलले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदै क्लब परिवारप्रति आभार व्यक्त थिए ।

“हामी सेवा गर्छौं” भन्ने नाराका साथ विश्वव्यापी रूपमा सामाजिक र मानवीय सेवामा समर्पित लायन्स अन्तराष्ट्रिय सेवामूलक संस्थाको रुपमा क्रियाशील छ । क्लबले शिक्षा, स्वास्थ्य, वातावरणका साथै बिपत जस्ता मूलभूत क्षेत्रमा रही सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…