1Shares

पोखरा भ्यूज
२९ मंसिर, जनकपुरधाम । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा भेटिएको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव बिहीबार साँझ सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको थियो ।

उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले घटनाको गम्भीर अनुसन्धान भइरहेको बताएको छ । घटनामा संलग्न रहेको केही शंकास्पद व्यक्तिलाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रक्राउ गरिएका व्यक्ति हालसम्म पनि सार्वजनिक गरिएको छैन ।

बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी भएकी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए । रथ यात्रा सकिएपछि बालिका नफर्किएपछि उनको खोजी सुरु थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected